Samriddhipost
२०८१ जेठ ०२ गते बुधबार
महेन्द्रनगर
२०८० असार ०४ गते सोमबार

काठमाडौं र पाेखरामा भारतिय फिल्म प्रदर्शनमा राेक ।

भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा पोखरा महानगरपालिकाले गरेको छ ।

पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले यस्तो निर्णय गरेका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको हो ।

आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले नसच्याए सम्म चल्न नदिने सच्याउन तीन दिन समय ताेकेकाे थियाे । यसै अनुरुप सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।


#भारतिय फिल्म प्रदर्शनमा राेक

प्रतिक्रिया