Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार ०५ गते मङ्गलबार

बेदकाेट नगरमा पहिलाे पल्ट बन्याे अस्फाल्ट कंक्रिट सडक, स्थानिय हर्षित ।

कञ्चनपुरमा पहिलो पट्क अस्फाल्ट विधीबाट सडक कालोपत्रे गरिएको छ । जिल्लाको बेदकोट नगरपालिका पुर्वपश्चिम महेन्द्रराजमार्गदेखि दक्षिण सुन्दरपुर कागफाँटा गाँउ जोड्ने सडक अस्पाल्ट विधीबाट कालोपत्रे गरिएको हो ।

बेदकोट नगरपालिका ९ कोल्डस्टोरदेखि सिद्धनाथ उदयदेव अनमोल क्र्सर उद्योग भएर भीमदत्त नगरपालिका २ उल्टाखाम जोड्ने सडक अस्पाल्ट विधीबाट कालोपत्रे गरिएको छ । प्रदेश सरकारले बेदकोट नगरपालिका ९ र ७ सुन्दरपुर गाँउ भएर भीमदत्त नगरपालिका २ उल्टाखाम बागफाँटा जोड्ने सडक ( बाक्लाे तह भएकाे) अस्पाल्ट कंक्रिट विधीबाट कालोपत्रे गरेको छ ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी हेमराज भट्टले ६ र ५ सेन्टिमिटर गरि ११ सेन्टिमिटर मोटाई सहित जिल्लामै पहिलो पटक अस्पाल्ट कङक्रिडबाट विधीबाट सडक निर्माण गरिएको बताए । उनका अनुसार ६ सेल्टिमिटर डिभिएम र ५ सेन्टिमिटर अस्पाल्ट हालेर सडक कालोपत्रे गरिएको छ ।

सडक छेउमा नाला र नहरमा स्लेभ ढलान गरिएको छ । अन्य कालोपत्रे ४देखि ६सेल्टिमिटर मोटाई भएपनि यो सडक दोब्बर तेब्बर हुँदा हेभि सवारी साधन सहजै धान्ने छ ।
सुचना अधिकारी भट्टले करिव १२ सय मिटर सडक कालोपत्रेका लागि गत बर्ष ४ करोड २६ लाख२३ हजारमा कुमार, अमृत, भागेश्वर जेभीले ठेक्का पाएकाे बताए ।

२७ जेठ ०७९ देखि ०८० असार मसान्तमा निर्माण गरिसक्नुपर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौता समय पूरा हुनु अवागै कालोपत्रे निर्माण गरिसकेको छ । सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगकै पहलमा उक्त सडक आधुनिक विधिबाट कालोपत्रे गरिएको छ ।

सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज बहादुर चन्दले उद्योग र स्थानीयको आवत जावतदेखि विभिन्न व्यवसायिक एव समाजिक कार्य गर्न उक्त सडक प्रयोग गर्नुपर्ने अवस्थामा समान्य परम्परागत रुपमा सडक कालोपत्रे गर्दा पुन भत्किने र टुटफुट हुने भएकाले प्रदेश सरकारसंगको पहलमा सडक कालोपत्रे भएको बताए ।

‘हामीले उद्योगका तर्फबाट तत्कालिन जनप्रतिनिधी, स्थानीय अगुवा, प्रदेश सभा सदस्यहरुसंगको पहलमा प्रदेश सरकारबाट उक्त योजना हाल्न लगाएका थियौँ, ‘चन्दले भने, ‘सबैको पहलबाट आज यो सडक आधुनिक गुणस्तरिय भएको छ ।’

पुरै सडक कालोपत्रे र निर्माण भएको सडकमा सडक चिन्ह कलर देखि सडक बत्ति समेत जडान गरिने बताए । ‘अहिले सडक निर्माण भएपछि हामी उद्योगी व्यवसायी एव स्थानीयलाई सहज भएको छ, ‘उनले भने, ‘यो लामो अवधिसम्म संचालन हुन्छ ।’

पुर्वपश्चिम महेन्द्रराजमार्ग कोल्डस्टोरदेखि उक्त सडक उल्टाखाम बागफाँटा, निम्बुखेडा, भगतपुर भएर महेन्द्रनगर बजार जोड्ने झण्डै ७/८ किलोमिटर भएपनि हाल करिव १२ सय मिटर सडक कालोपत्रे भएको छ ।

सुन्दरपुर क्षेत्रमा आधुनिक सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग भएकाले उद्योगका लागि आवश्यक कच्चा पदार्थदेखि बस्तु ओसार्दा कोल्डस्टोर सडक भत्किदै आएको थियो । यस अघि दुई पटक उद्योगकै लगानीमा कालोपत्रे गरिएपनि ठुलो लोडका सवारी साधन गुडाउँदा टुटफुट भत्किने समस्या थियो । कुमार, अमृत, भागेश्वर जेभीका संचालक पदम बोहराले सम्झौता अनुरुप समयमै गुणस्तरिय रुपमा सडक निर्माण गरिएको बताए ।

आधुनिक विधीबाट सडक निर्माण भएसंगै स्थानीय समेत हर्षित भएका छन । स्थानीय युवा रदिप पाल(आरक्षपीडित)ले सडक निर्माण नहुँदा आवत जावतमा समस्या खेप्नु परेको र निर्माण भएपछि ठुलो राहत पाईएको बताए ।

उनले राजमार्गदेखि सुन्दरपुर बागफाँटा उल्टाखाम हुँदै महेन्द्रनगर बजार जोड्ने पुरै सडक यहीविधीबाट कालोपत्रेमा जोडदिए । सडक निर्माण भएपछि उक्त गाँउ क्षेत्रका स्थानीयलाई महेन्द्रनगर बजारदेखि दैजीदेखि पुर्वका अन्य गाँउबस्ती शहरमा आउजाउ गर्न सहज विकल्प खुला भएको छ । स्थानीयले प्रदेश सरकारले यस्तै गरी अन्य सडक पनि आधुनिक गुणस्तरिय बलियो सडक निर्माणमा जोडदिएका छन ।


#अस्फाल्ट कंक्रिट सडक

प्रतिक्रिया