Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार ०६ गते बुधबार

कंचनपुरका एक पत्रकार दुर्घटनामा परि धाईते, महाकाली प्रादेशिकमा उपचार हुन नसकेपछि भए रेफर ।

कञ्चनपुरका एक पत्रकार दुर्घटनामा घाइते भएका छन्। पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा परी घाईते भएका हुन्। 

कञ्चनपुर प्रहरीका अनुसार मंगलबार पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत वेदकोट नगरपालिका वडा नम्बर ९ लालपुर बिधुत सव स्टेसन नजिक उनी दुर्घटनामा परेका थिए। नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार दमाई समाचार संकलनका लागि महेन्द्रनगरदेखि दैजी आउने क्रममा लालपुरमा दुर्घटनामा परेर घाईते भएका हुन। 

उनी से १ त ५१९५को ट्याक्टरको ट्रलीमा रहेको टायर खसेर पत्रकार दमाई सवार सुपप्र ०२००३ प ४४७३ नम्बरको मोटरसाईकलमा ठोकिदा घाईते भएका छन्। उनलाई महाकाली अस्पतालमा उपचारका लागि गगिएको थियो, तर अस्पतालले रेफर गरेको छ। रेफर पछि उनकाे उपचार धनगढिमा भैरहेकाे पारिवारिक स्राेतले बताएको छ । कञ्चनपुर प्रहरीका अनुसार ट्याक्टर र चालक राम बहादुर चौधरीलाई नियन्त्रणमा लिइएको छ। 

प्रतिक्रिया