Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार ०९ गते शनिबार

पुर्नवासकाे बजेटमा शिक्षा, स्वास्थ्य र कृर्षि प्राथमिकतामा

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको तेर्हौ नगर सभा शुक्रबार सम्पन्न भएको छ ।

हिजो शुक्रबार सम्पन्न पुनर्वासको तेर्हौ नगर सभा ले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ। नगरप्रमुख तोय प्रसाद शर्माको सभापतित्वमा सञ्चालन गरिएको पुनर्वास नगरपालिकाको नगर सभा एवम् १३ औ अधिवेसनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।

उप प्रमुख भुलिया कुमारी रानाले प्रस्तुत गरेको पुनर्वास नगरपालिकाको आगामी आर्थिक बर्ष ०८० /०८१ मा ७४ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट ल्याइएको छ ।

नगरपालिकाले बजेटको स्रोत अनतर्गत आन्तरिक श्रोत ३ करोड ८५ लाख ,संघिय सरकार बित्तिय समानिकरणबाट १४ करोड ७७लाख,प्रदेश सरकार बित्तिय समानिकरण १ करोड ३१ लाख ३३: हजार,नेपाल सरकार ससर्त अनुदान चालु २४ करोड ३७लाख,नेपाल सरकार ससर्त अनुदान पुजिगत २ करोड ४९लाख,राजश्व बाडफाड (संघ) १२ करोड ३२ लाख ३१ हजार ,संघिय सरकार बिशेष अनुदान २ करोड ,संघिय सरकार समपुरक अनुदान १ करोड २० लाख , प्रदेश सरकार समपुरक २ करोड ५ लाख ३४ हजार ,प्रदेश सरकार बिशेष ४०लाख,सवारी साधन कर बाँडफाँड (प्रदेश)१ करोड ७ लाख १६ हजार ,स्थानिय राजश्व बाडफाड १करोड ३० लाख,अनुमानीत अल्या भएर आउने रकम १०करोड ५०लाख ,प्रदेश ससर्त चालु ५लाख ५० हजार ,प्रदेश ससर्त पुँजीगत १२लाख प्राप्त हुने अनुमान गरिएको छ ।

उपप्रमुख का अनुसार निति कार्यक्रम तथा बजेटसंगै नगरपालिकाले आर्थिक विधेयक र आर्थिक विनियोजन विधेयक समेत संशोधन प्रस्ताव सहित पारित गरेको छ ।

आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पुनर्वास नगरपालिकाले आर्थिक विकास, पर्यटन प्रवर्द्धन क्षेत्रको विकास , सामाजिक विकास, विद्युतिय समस्याको समाधान, वन, वातावरण तथा सरसफाई, सुुशासन प्रवर्द्धन, प्राकृतिक तथा मानविय विपद ब्यवस्थापन आदिलाई प्राथमिकतामा राखेका छन ।

आर्थिक वर्ष ०८०/०८१ को निति,कार्यक्रम तथा बजेटमा पुनर्वास नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । यसैगरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने वजेट विनियोजनका साथै सम्पुर्ण कानुनि प्रक्रिया पुरा गर्ने निति अवलम्बन गरि जग्गाधनी लालपुर्जा बितरण कार्यलाई तिब्रता दिइने जस्ता कार्यक्रम समावेश गरिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा पुराना र अधुरो योजनालाई प्राथमिकतामा राखी केही नयाँ कार्यक्रम लाई अगाडि सारेका छन।निति तथा कार्यक्रममा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यलाई अगाडी बढाउन पुनर्वास नगरपालिकामा ढल निकासको कार्यलाई आवश्यक सहकार्य र समन्वय गरिने, फोहोर प्रशोधन केन्द्र र फोहोर कम्पोष्ट केन्द्र सञ्चालनमा ल्याइने, लगाएत विपद व्यवस्थापन,सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाई,सडक,पुल तथा यातायात,भूमी व्यवस्थापन,सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका निति समेत कार्यक्रममा समावेश गरिएका छन ।


#पुर्नवासउ

प्रतिक्रिया