Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार १० गते आइतबार

लालझाडिमा कृर्षि, शिक्षा, स्वास्थ्य र पुर्वाधार प्राथमिकतामा ४६ कराेड बढिकाे बजेट पास ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ४६ करोड, ४४ लाख, ४९ हजार ८०० बराबरको बजेट सार्वजनिक गरेको छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा तथा चौधौँ अधिवेशनमा अध्यक्ष रानाले नीति, कार्यक्रम र उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गर्नु भएको हो । लालझाडी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ,  स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भएको छ ।

त्यस्तै गाउँपालिकाका प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५५ लाखसम्मको रकम विनियोजन गरिएको पालिका अध्यक्ष रानाले जानकारी दिनुभयो ।

नगर सभाले आइतबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको लालझाडि वडा ५ का अध्यक्ष पहल बहादुर थापाले जानकारी दिनुभयो ।


#बजेट र नीति कार्यक्रम लालझाडि

प्रतिक्रिया