Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असार ११ गते सोमबार

बेलडाँडिमा कृर्षि, शिक्षा, स्वास्थ्य प्राथमिकतामा बजेट ४६ कराेड बढि ।

कञ्चनपुरको बेलडाँडी गाउँ पालिकाले १३ औं गाउँ सभा अधिवेशन आईतबार सम्पन्न गरेको छ।

पालिकाले आर्थिक वर्ष २०८० /०८१ का लागि ४६ करोड ९५ लाख ७७ हजार बिनियोजित गरिएको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाले जानकारी दिनुभयो ।आगामी बर्षको बजेटमा कृषि , शिक्षा , स्वास्थ्य , स्वरोजगार लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर गाउँ अधिवेशनमा बजेट प्रस्तुत गरेको अध्यक्ष रानाले बताउनुभयो ।

पालिकाकाे नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य, शिक्षा , उत्पादन र आत्मनिर्भर कृषि अर्थतन्त्र, वातावरण अनुकुलन, पुर्वाधार बिकास , सार्वजनिक सेवाको सुदृढीकरण, सुशासनको प्रत्याभुती , सामाजिक सुरक्षा र स्वच्छ खानेपानीको ब्यबस्थापनका लागि आर्थिक वर्ष २०८० /०८१ को नीति तथा कार्यक्रममा समावेश गरि बजेट तर्जुमा गरिएको बेलडाँडी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले बताउनुभयो ।


#बेलडाँडि बजेट

प्रतिक्रिया