Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १५ गते शुक्रबार

दार्चुलाको मार्मामा आफ्नै बुहारी लगेर ससुरा फरार भएका छन् ।  भतिजाकी श्रीमती लगेर मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्ट  फरार भएका पारिवारिक स्रोतले  जनाएको  छ ।  सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर  गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको  छ ।

जेठ २८ गते  माइत जान्छु भनेर  गएकी  श्रीमतीलाई  काका लगेर फरार  भएका  जयन्तीका श्रीमान शंकर विष्टले बताए । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर  गएकी उनले बताए । घरमा जयन्तीका दुई छोरा छन  । श्रीमती भागेर गएपछि छोराहरुको  बिच्चली भएको पीडित विष्टले दुखेसो पोखेका छन्  । श्रीमती काका संग भागेपछि उनले  विलौना पोखेका छन् ।

‘जेठ २८ गते घरबाट माइत घर जान्छु भनी गएकी र माईती घर बाट घर आउदा खेरि सोही ठाउँ मार्मा गाँउपालीका वडा नं ४ घोडेधार बस्ने काका गोबिन्द बिष्टले श्रीमती जयन्ती बिष्टलाई बिचबाटोबाट भगाएर लगेको र मैले विदेशमा ३ बर्ष बिताएर नखाई नलाई घामपानि नभनि दुख कष्ट झेलेर कमाएको आधा रकम पनि पहिलै देखिनै खाईदिएको र करिब एक तोला सुनका गरगहना सहित लगेर दुईटै  फरार भएका छन् । बाल बच्चाहरुको बेहाल बनाई दियो,सार्है दुख्ख दिएर गई ,उनले भने ।’

श्रीमतीको  खोजिका लागि  दार्चुला प्रहरीमा निवदेन दिएको समेत विष्टले  बताए । कसैले देखेमा नेपालको लागि सम्पर्क नम्बर ९८६२५७७२४५ र भारतमा  ७०३७१४१७५७,९१२९१४३१२२ सम्पर्क गरिदिन आफन्त स्रोतले अनुरोध गरेका छन् ।


#श्रीमती भागेर जादा बच्चाकाे बिचल्ली

प्रतिक्रिया