Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० असार १९ गते मङ्गलबार

दाेधारा चाँदनीमा १६ बर्षिया किशाेरि बलत्कार आराेपमा २ जना पक्राउ ।

नाबालिकालाई सामूहिक बलातकारको आरोपमा प्रहरीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा दुई जना युवकलाई पक्राउ गरेको छ् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठा भित्र आइतबार राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


#किशाेरि बलत्कार आराेपि पक्राउ

प्रतिक्रिया