Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १९ गते मङ्गलबार

अध्यक्ष को मनपरी  बजेट एक ठाउको,काम अर्कै ठाउँ भएकाे स्थानियकाे आराेप ।
फायल फाेटाे

भिमदत्त नगरपालिका ९ का वडा अध्यक्षले पुर्वाधार निर्माण को काममा मनपरि गरेको खुल्न आएको छ ।

प्रदेश सरकार को पुर्वाधार निर्माण कार्य अन्तरगत भिनपा ९ स्थित मटेना कृषि सडकबाट जैविक मार्ग जाने सडक कालोपत्रेका लागि आएको बजेटमा वडा अध्यक्ष गगनसिह कार्किले मनपरी गरेको खुलेको हो । उक्त सडक कालोपत्रेका लागि प्रदेश सरकारबाट २० लाख रुपैया आएको थियो ।

मटेनादेखी स्थानीय गणेश सिह कार्किको घर हुदै जैविक मार्ग जोड्ने सडक कालोपत्रे शिर्षकमा आएको बजेट अन्य ठाउमा लगाएको स्थानीयले गुनासो गरेका छ्न ।

शिर्षकमा ब्याक्ती को नाम मिल्न गएको आधारमा अध्यक्ष कार्किले आफनै सहोदर भतिजा गणेशसिह कार्किको घर नजिकैको सडक  निर्माण को काम थालेको स्थानिएको आरोप छ ।  वडा अध्यक्ष कार्किले पुर्वाधार बिकासको अनुगमन टोलिलाई समेत गुमराहमा राखेको स्थानिय गणेश कार्किले बताए । मटेनाका स्थानिय बसिन्दाले उक्त बिवादित काम रोक्न पुर्वाधार बिकास कार्यालय महेन्द्रनगरमा आज निबेदन दिएका छ्न ।

यश बिषयमा वडा अध्यक्ष कार्कि संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । पुर्वाधार बिकास कार्यालयका सुचना अधिकारी हेमराज भट्टले वडाबाट आएकाे सिफारिस अनुसार काम गर्ने खाेजेकाे र स्थानियले बिराेध गरेपछि अहिले काम राेकेकाे स्थानियलाई मिलेर आउन भनेकाे बताउनुभयाे ।


#सडक निर्माण

प्रतिक्रिया