Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १९ गते मङ्गलबार

वडा ९ मा बाटाे निर्माण विवाद, राेक्न निर्देशन भएकाे काम राेकिएन ।

भिमदत्त नगरपालिका ९ रिलौनास्थित बिवादित सडक निर्माण को काम रोक्न आदेश गरिसक्दा समेत काम राेकिएकाे छैन । प्रदेश सरकार को २० लाख रुपैयाँ को लागतमा भिनपा ९ मटेनास्थित कृषि सडक कालोपत्रे गर्नुपर्ने शिर्षकमा उल्लेख थियो । तर वडा अध्यक्ष गगन कार्किले रिङाैनास्थित आफन्तको घर नजिकको सडक निर्माण गर्न सिफारिस गरि काम थालेपछी बिवाद उत्पन्न भएको हो ।

एक ठाउमा आएको बजेट अर्को ठाउमा लगेर अध्यक्ष कार्किले मनाेमानी गरेको भन्दै मटेनाका स्थानिय बिरोध मा उत्रेका छन । उनिहरुले बिवादित सडक निर्माण को  उक्त काम रोक्न पुर्वाधार निर्माण कार्यालय महेन्द्रनगरमा  निवेदन समेत दिएका थिए ।

स्थानीय को बिरोधपछि पुर्वाधार कार्यालयले तत्काल सडक निर्माण को काम रोक्न वडा कार्यालयलाई जानकारी गराएको थियो । तर वडा अध्यक्ष कार्किले पुर्वाधार निर्माण कार्यालय को निर्देशन समेत बेवास्ता गर्दै सडक निर्माण को काम जारी राखेका छन ।

वडा अध्यक्ष कार्किले समृद्धि पाेष्ट संग भने बजेट गणेश कार्किकाे घर बाट कामि टाेल सम्म भनेर आएकाे थियाे । आफ्नाे वडामा यस्ताे टाेल नै छैन । त्यसपछि गणेश कार्किकाे घर देखि ५-६ परिवार कामि बस्ति रहेकाे सम्म बाटाे लग्न सिफारिस गरेकाे हाे । अर्का गणेश कार्किकाे घर सम्म पुर्याउन शीर्षक नमिलेका कारण सिफारिस गर्न नसकेकाे बताएका छन । 


#सडक निर्माण

प्रतिक्रिया