Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २२ गते शुक्रबार

ब्रह्मदेवबाट आउने नहरमा आज पानी छाेडिदै, नहरमा नजान अनुराेध ।

महाकाली सिचाई आयोजनाले तेस्रो चरणको नहरमा परीक्षणका लागि पानी छोड्ने भएको छ । आयोजनाको अन्र्तगत ब्रम्हदेवदेखी फुलेली (घर कटुवा खोला) सम्मको मुल नहरमा आज शुक्रवारदेखी टनकपुर ब्यारेजबाट पानी छोडिने भएको हो ।

बिहिवार एक सूचना जारी गर्दै शुक्रबार नहरमा पानी छोडिने तयारी पुरा भएको जनाइएको छ । सो क्षेत्रका वासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आयोजनाले आग्रहसमेत गरेको छ । निर्माण सम्पन्न भएको मूल नहरमा परीक्षण गरेर पानी सञ्चालनको तयारी भइरहेको आयोजनाका प्रमुख रण बहादुर बमले बताए ।

नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नु पर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम षत बर्षनै सम्पन्न भैसमेकाे छ ।

२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो । सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३÷०६४ देखि निर्माण थालिएको नहरमा पानी सञ्चालन हुने भएको हो ।


#महाकाली सिचाई तेस्राे चरण

प्रतिक्रिया