Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २३ गते शनिबार

प्रतिष्ठित भनिएका ठेकेदारले ठगेपछि स्थानियले बनाए निगरानि समिति ।

कंचनपुरकाे लालझाडि गाउँपालिका ५ दाेदा नदिमा बन्नुपर्ने पक्किपुल ठेकेदार कम्पनिका कारण अलपत्र पारेपछि वडाले बनायाे निगरानि समिति ।

वडा अध्यक्ष पहल बहादुर थापाकाे प्रमुख आथित्यतामा स्थानियवासिहरु समेत बसेर शनिवार बिहान फट्टे रानाकाे अध्यक्षतामा निगरानी समितिको   संयोजक रहने गरि   ११ सदस्यीय समिती गठन गरेकाे वडा सदस्य अम्मर सिह धामिले बताउनुभयाे । धामिले भने   अब २४ घन्टा  नीग्रानी राख्दै कामको अनुगमन गर्ने निर्णय गरेका छउ ठेकेदार कम्पनिले निरन्तर काम गरेर समयमै  काम सकाेस ।
२०७२ सालमा ठेक्का सम्झाैता गरि ०७५ सालमा सम्पन्न गर्नुपर्ने पुल अहिले सम्म अलपत्र रहेकाे छ ।

राजेन्द्र, कुमार श्रेष्ठ र लुम्बिनि गरि तिनवटा निर्माण कम्पनिले ठेक्का लिई राजेन्द्र निर्माण सेवाले काम गर्ने गरि दाेदामा पुल बनाउन थालेकामा पुलकाे जमिनमुनिकाे भाग (जग वा पाईल भनिने भाग) गुणस्तरकाे निर्माण नगरेकाे कमजाेर निर्माण भएकाे ल्याव परिक्षण बाट देखिन गएकाे पुलले थाम्नुपर्ने भार थाम्न नसकेका कारण सडक विभागले साेहि पुलकाे नजिकमा अर्काे पुल बनाउने निर्णय गरेकाे छ ।                 
उक्त पुल बनाउन सडक बिभागले ठेकेदार कम्पनिलाई भुक्तानि गरिसकेकाे करिव १२ कराेड जतिकाे काम ठेकेदार कम्पनिले आफै गर्नुपर्ने र बाकि कामकाे रकम सडक विभागले भुक्तानि दिनेगरि पुल निर्माण हुनुपर्ने सडक डिभिजन कंचनपुरका प्रमुख सिडिई हरि सुवेदिले बताउनु भयाे ।

सडक डिभिजनले अहिले सम्मकाे लगानि असुल गरि ठेक्का ताेड्ने चेताबनी सहित केही रकम तानेपछि ठेकेदार कम्पनिले चेतावनिकाे एक बर्ष पछि काम सुरु गर्न फिल्डमा पुगेकाे छ।


उक्त पुलले लालझाडिकाे वडा ५ लाई पालिका संग जाेड्ने एकमात्र बाटाे भएतापनि पुल नबन्दा समस्या नै समस्या रहेकाे वडा अध्यक्ष पहल बहादुर थापाले बताए ।
ठेक्का लिने निर्माण कम्पनिका सिओ ईन्जिनियर राेसन भट्ट संग पटक पटक यश बारेमा कुरा गर्न खाेज्दा वहाकाे माेवाईल ९८०१७१५५१० मा सम्पर्क हुन सकेन । 


#पुल अलपत्र पारेपछि स्थानिय जागे

प्रतिक्रिया