Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २४ गते आइतबार

सडक निर्माण गर्न नपाउदै बिच सडकमा पाेल गाडियाे, थपियाे दुर्घटना जाेखिम ।

निर्माण गरिसक्न बाकि सडकमा बिधुत प्राधिकरणले बिधुत पाेल गाडेकाे छ ।

भिमदत्त नगरपालिका ३ भाषि देखि भिमदत्त ९ सम्म जाेडिने ब्रहमदेव हाईवे निर्माणकाे क्रममा छ । उक्त हाईवेकाे सडक बिस्तारका क्रममा किनारा तर्फ माटाे भरि थप राेलिङ्ग गर्न बाकि रहेकाे सडकमा बिधुत प्राधिकरण महेन्द्रनगरले पाेल गाडेकाे छ ।

यसरी पाेल गाड्दा सडक बनाउन समेत असहज भएकाे र कुनैपनि बेला दुर्घटनाकाे जाेखिम रहने सडक विभागका ईन्जिनियर पीयूष चटाैतले बताएका छन ।

इन्जियर चटाैतले भने काम गर्न बाकि नै छ, बिच सडकमा पाेल गाडेपछि बिधुत प्राधिकरण लाई माैखिक र लिखित जानकारि गरेका छउ । २ दिनमा पाेल हटाएर किनारमा राख्ने भनेकाे छ । सडक किनार भन्दा बाहिर राख्दा पाेल हाेचाे हुने समस्याले सडक किनारमा राख्नुपर्ने बाध्यता रहेकाे बिधुत प्राधिकरणकाे जवाफ रहेकाे बताएका छन 


#सडकमा पाेल गाडेपछि

प्रतिक्रिया