Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २९ गते शुक्रबार

महाकाली तेस्राे चरण नहरकाे २८ किलाेमिटर भागमा बग्याे पानी ।

राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनामा महाकाली सन्धिकाे २८ बर्षपछि तेस्रो चरणको मूलनहरबाट २८ किलाेमिटर पानी बग्न सुरु भएकाे छ ।

बिक्रम सम्बत २०६४ बाट निर्माण सुरु गरेकाे आयाेजना डेढ दशकमा २८ किलाेमिटर नहर पानि बगाउन परिक्षण सफल भई नहरकाे पानी सुनवरा नदिमा छाडिएकाे आयाेजना प्रमुख रण बहादुर बमले बताए

भारतीय पक्षसित परीक्षणका लागि सात दिन पानी दिने सहमति भएर मूलनहरमा अहिले सात दिनदेखि चार क्युसेक पानी बगिरहेको आयाेजना प्रमुख बमले बताए।

मूलनहरमा नियमित पानी छाड्न पहल भए पनि शाखा नहर तयार भइनसकेकाले भारतले पानी दिन आनाकानी गर्दैआएको, अहिले २१ शाखा नहर निर्माण भएको प्रमुख बमले बताए ।

आयोजनाअन्तर्गत अहिले २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ ।  मूलनहर निर्माणको थप काम अगाडि बढाउन प्रयास भइरहेको छ ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति पाउन ढिलाइ, बजेट अभावलगायत समस्या थियो ।

यहाँ रु एक अर्ब बढीको लागतमा २२ वटा शाखा नहर निर्माणको काम अघि बढेको छ । यसैगरी शुक्लाफाँटाको फुलेलीदेखि अगाडि २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया पनि अघि बढाइएको प्रमुख बमले बताए । 


#महाकाली नहर

प्रतिक्रिया