Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ०३ गते बुधबार

गाैरा काे मिति फरक फरक तय दुई गाैरा बन्ने अवस्था सिर्जना ।
फायल तस्बिर

 यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ र २१ गते दुई दिन मनाइने जोखिम बढेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दूर्वाष्टमी व्रत अर्थात् गौरा पर्व भदौ ७ गते नै हुने जनाएको छ । भने सुदूरपश्चिमका स्थानीय ज्वोतिषहरुले २१ गते गौरा पर्व मनाउनु उपयुक्त रहेकोले २१ गते गौरा अर्थात दूर्वाष्टमी मनाउने निर्णय गरेको बताएका छन् ।

हाम्रो शास्त्र, संस्कृति, परम्परा, रितिरिवाज अनुसार १८ गते नै बिरुडा पञ्चमी र २१ गते दूर्वाष्टमी गौरा पर्व परेको छ, अठोला ज्वोतिष ईन्द्रदेब जोशीले भन्नुभयो, सुक्ल पक्षमा दुर्गाष्टमीको ब्रत परेमा जेष्ठा नक्षत्रको भोग हुनै पर्ने र जेष्ठा नक्षत्रको पुजाआजा महिलाहरुले गर्नैपर्ने तथा कृष्ण पक्षमा गौराष्ठमी परेमा अष्ठमीको दिन रोहणी नक्षत्रले भोग गरेको हुनैपर्ने शास्त्रीय मान्यता रहेकोले ७ गते भन्दा २१ गतेको गौरा नै उपयुक्त रहेको छ । २१ गते गौरा पर्व मनाउनु हुदैन भन्ने तर्कमा सत्यता नरहेको उहाँको भनाई छ । यसअघि धेरै पटक २१ गते गौरा पर्व मनाइएको, २०२३ सालमा २३ गते र २०४२ सालमा २२ गते गौरा पर्व मनाइएको स्मरण गर्दै उहाँले शास्त्रीय विधान अनुसार २१ गते नै गौरा पर्व मनाउनु राम्रो हुने तर्क गर्नुभयो ।



दूर्वाष्टमी व्रत र गौरा पर्वको सन्दर्भमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० को चाडपर्व निर्णय गर्दा सम्बन्धित क्षेत्रका विद्वान् विदुषीसँग रायसुझाव लिई व्यापक छलफल गरेर निर्णय गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिबाट निर्णय गरिएका चाडपर्व समावेस गरी प्रकाशित भएका पञ्चाङ्गमा भदौ ७ गते दूर्वाष्टमी व्रत र गौरा पर्वको उल्लेख गरिएको छ ।

गौरा पर्व सम्बन्धित क्षेत्रमा भदौ ७ गते मनाउनु हुँदैन र भदौ २१ गते मनाउनुपर्छ भन्ने बहस चलिरहेको जानकारी समितिमा प्राप्त भएको हुँदा समितिका तर्फबाट सम्बन्धित क्षेत्र समेतका विद्वान् ज्योतिषी, धर्मशास्त्रका विद्वान् र चाडपर्वका मर्मज्ञसँग विचारविमर्श गरेर विज्ञप्ति सार्वजनिक गरिएको समितिले जनाएको छ । यद्धपी स्थानीय ज्वोतिषहरुले भने ७ गते मनाउनु हुदैन भनेर कसैको विरोध गरेको नभइ शास्त्रीय परम्परा अनुसार २१ गते गौरा मनाउनु उपयुक्त हुने निष्कर्ष निकालिएको बताएका छन् ।

यसअघि दार्चुलामा केही दिन पहिले जिल्लाभरीका पण्डित तथा ज्योतिषहरुको बैठक मालिकार्जुनमा बसेर १८ गते विरुडा पञ्चमी र २१ गते गौरा मनाउने निर्णय गरिएको थियो । मालिकाजुन विकास समितिको आयोजनामा पण्डित जहरिलाल जोशीको अध्यक्षतामा मालिकार्जुन धाममा बैठक बसि धर्म सस्कृति रितिरिवाज अनुसार पुत्रता एकादशि तथा जनै पुर्णिमा गैरा पर्व भन्दा अगाडि हुने भएकाले भदौ ४ गते बिरुडा पञ्चमी नमानिने तथा भदौ १८ गते नै विरुडा पञ्चमी मनाईने र २१ गते दूर्वाष्टमी अर्थात गौरा पर्व मनाईने निणर्य गरि बैठक सम्पन्न भएको अठोला ज्वोतिष ईन्द्रदेब जोशीले बताउनुभयो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको विज्ञप्ती ७ गते नै गौरा पर्व मनाउनुपर्ने भनेर आएपछि यो वर्ष ७ गते र २१ गते गरी दुई दिन गौरा पर्व हुने सम्भावना बढेको छ ।


#गाैराका फरक फरक मिति तय

प्रतिक्रिया