Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ०४ गते बिहिबार

ठेकेदारले ठगेपछि वडा प्रतिनिधिले गरे जाेखिम न्युनिकरण ।

ठेकेदारले काम पूरा नगरि ठगेकाे छ । कृष्णपुर नगरपालिका वडा २ र ३ मा बनहरा नदिमा तटबन्ध निर्माणकाे ठेक्का लिएकाे ठेकेदार कम्पनिले तटबन्धकाे भित्रपट्टि माटाे भरान नगरि ठकेकाे हाे ।
प्रदेश सरकारका कार्यालयबाट ठेक्का लिई काम अधुरै छाेडेपछि बाढिले जुनसुकै बेला कटान गर्ने सक्ने अवस्था रहेकाे वडा सदस्य भीमराज जाेशले बताएका छन ।

यस्ताे जाेखिमपुर्ण अवस्थालाई न्युनिकरण गर्न वडाका जनप्रतिनिधिले सिचाई तथा जलस्राेत डिभिजन कार्यालय संग पटक पटक सम्पर्क गरि ठेकेदारलाई काम गराउन प्रयत्न गर्दा पनि काम हुन नसकेपछि नगरपालिकाकाे जेसिबि र स्थानियकाे सहयाेगमा भरानकाे कार्य सम्पन्न गरेकाे वडा अध्यक्ष खेमराज चाैधरीले बताएका छन ।

वडाका जनप्रतिनिधिले यस्ता ठग ठेकेदारलाई कार्वाहि  गर्न समेत माग गरेका छन ।

प्रतिक्रिया