Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० साउन ०५ गते शुक्रबार

कृष्णपुर नगरपालीकाकाे जिप संग विङ्गर ठाेक्किदा ९ जना घाइते ।

कृष्णपुर नगरपालीकाकाे जिप संग विङ्गर ठाेक्किदा ९ जना घाइते भएका छन ।
पुर्वपश्चिम राजमार्गकाे कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित  उदय सरस्वती क्याम्पस चोकमा पुर्वबाट पश्चिम जाँदै गरेको से १ झ २४६ नम्बरको जनक राज भण्डारीले चलाईरहेको कृष्णपुर नगरपालिका को जिप र पश्चिमबाट पुर्व गइरहेको म १ ज २८७ नम्बरको विङ्गर एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।

आफ्नो साईडमा गईरहेको जिपलाई विपरीत दिशाबट आईरहेको विङ्गरले आफ्नो अगाडीको गाडीलाई ओभरट्याग गर्न खोज्दा दुर्घटना भएको हाे। विङ्गर नमस्ते शुक्लफाँटा यातायात प्रालीकाे रहेकाे र चालकको परिचय खुलेको छैन भने नगरपालिकाको जिप चालक भण्डारीको छातीमा चोट लागेकाे र भण्डारिकाे धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको स्थानिय प्रहरिले जनाएको छ।

त्यस्तै विङ्गरमा सवार ८ जनाको वाणी स्थित वाणी हस्पिटलमा उपचार भईरहेको छ। सामान्य घाईते भएका ८ जनामा जिल्ला बैतडी द.न.पा २ बस्ने बर्ष २४ का आनन्द पुजारा, बझाङ बु.न.पा ३ बर्ष ३० का गणेश बोहरा, ऐ.ऐ बस्ने ४७ बर्षका जय लाल बोहरा, कञ्चनपुर जिल्ला वे.न.पा ६ बस्ने ४० वर्षका महेश भट्ट, ऐ.ए बस्ने ३५ बर्षका प्रकाश बहादुर भट्ट, जिल्ला कञ्चनपुर कृष्णपुर-२ बस्ने ३० बर्षका प्रकाश नाथ, शु.न.पा ६ बस्ने ६० बर्षका चन्द्रा देवि ऐर, शान्ति देवि ऐर रहेका छन्।


#दुर्घटना

प्रतिक्रिया