Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० साउन ०८ गते सोमबार

वेदकाेट नगरपालिका वडा ८ सर्बाेत्कृष्ट, ल्यायाे ९१:४४ अंक, पहिलाे पटक गर्याे सार्वजनिक सुनुवाई कार्यक्रम ।

कञ्चनपुरको वेदकोट नगरपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले बेटकाेटका १० वटा वडामध्ये वडा ८ सर्वाेत्कृट र वडा २ पुछारमा देखाएकाे छ ।

वेदकोट नगरपालिकाले पहिलाे पट्क आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सेवाको पारदर्शिता तथा गुणस्तरियताको लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

शुक्लाफाँटा मिडिया प्रा.लीले स्थानियहरुसंग छलफलमा उनिहरुले जनप्रतिनिधीहरुले बैठक कार्यक्रम भन्दा जनताको काममा ध्यान दिनुपर्ने, वडा कार्यालयले वडापत्र प्रवेशद्धार नजिक देखिने गरी राखिनु पर्ने, योजना छनौट भेलाको सुचना टोलटोलमा जानकारी दिनु पर्ने, वार्षिक निती तथा कार्यक्रमको बारेमा सबैलाई जानकारी गराउनु पर्ने, सेवाग्राही बस्ने ठाँउमा पंखाको व्यवस्था गरिनु पर्ने, खानेपानी, सुझाव पेटिका आदी राखिनुपर्ने लगायतका माग गरेका छन् । उक्त कार्यक्रममा पालिकाले सम्पन्न गरेका योजना कार्यक्रम तथा अन्य विकास बजेटको बारेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम भट्टले प्रस्तुत गरेका थिए । वेदकोट नगरपालिकाले ५९.७५ प्रतिशत बजेट खर्च गरेको उल्लेख गरेकाे छ ।

यस्तै वडा नम्वर १ ले ७०.९९ प्रतिशत वडा नम्वर २ ले ५०.१५ प्रतिशत , वडा नम्वर ३ ले ८३.५९ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी, वडा नम्वर ४ ले ८७.४२ प्रतिशत, वडा नम्वर ५ ले ९१.१५ प्रतिशत , वडा नम्वर ६ ले ६८.६६ प्रतिशत, वडा नम्वर ७ ले ८०. ७४ प्रतिशत बजेट खर्च गरेका छन् । यस्तै, वडा नम्वर ८ ले ९१.४४प्रतिशत, वडा नम्वर ९ ले ५९.५६ प्रतिशत, र वडा नम्वर १० ले ७५.९६ प्रतिशत बजेट खर्च गरेका छन् । पारदर्शिता राख्नको लागि र सेवालाई समुचित ढंगले प्रवाह गर्नका लागि यो सार्वजनिक कार्यक्रम हुन आवस्यक रहेको वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले बताईन् ।

 एक सुनौलो अवसर रहेको अवस्थामा सबै कुरा पारदर्शी तवरले गरियो जवाफदेही उत्तरदायी भयो भने, सेवा सुविधा प्रदान गर्न सहज हुने र सेवाग्राहीहरुलाई पनि सहज हुने बताईन् । साथै नगरपालिकामा यो कार्यक्रम गर्ने परामर्शदाता शुक्लाफाँटा मिडिया प्रा.लीलाई धन्यवाद दिन चाहेको उनले बताईन् । कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यो सार्वजनिक सुनुवाई कार्यक्रमले जनताको राय लिएर जनतासंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा भेटेर उनिहरुको माग ईच्छा आकाँक्षा लिएर यहाँ प्रस्तुती दिनु अत्यन्तै सराहनिय रहेको बताए ।

साथै जनताहरुको बिचमा गएर उनिहरुले दिएका सल्लाह सुझावहरुलाई यो कार्यक्रम माझ पस्कीनु र हामीले सुधार्ने मौका दिनु भएकोमा परामर्शदातालाई धन्यवाद दिन चाहेको बताए । आफुहरु नागरिक पडापत्रमा चुकेको उनले बताए । साथै गाँउगाँउमा रहेको वडाका र्यालयमा फोटो कपी गर्ने सेवा छैन, त्यस्ता लगायत अन्य सेवा सुविधालाई चुस्त दुरुस्त राख्न उनले आग्रह गरे, हामीहरुले राजश्व मात्रै संकलन गर्ने तर सेवा प्रवाहमा हामी चुक्यौ भने त्यो राम्रो सन्देश नजाने उनले बताए ।

साथै यो सार्वजनिक सुनुवाई कार्यक्रमबाट आएको बिभिन्न विषयलाई सुधार्नु पर्नेमा वडा कार्यालयबाट आएका अध्यक्ष कर्मचारीहरुले सम्वेदनशिल भएर सुधार्नु पर्ने विषयलाई सुधार गरेर अघी बढन उनले आग्रह गरे । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, स्थानिय , समाजसेवी, पत्रकारहरुको उपश्थिती रहेको थियो ।


#वेदकाेटमा पहिलाे सार्वजनिक सुनुवाई

प्रतिक्रिया