Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० साउन १० गते बुधबार

दुई नागरिकता धारि चन्दले श्रीमती बच्चा अलपत्र पारेकाे आराेप ।

कंचनपुरका एक जनाले २ नागरिकता   तयार पारि श्रीमती र बच्चा अलपत्र पारेकाे आराेप लागेकाे छ ।

भिमदत्त नगरपालिका १८ का शेरबहादुर चन्दले फरक फरक नागरिकता बनाई प्रयाेग गरेका कागजात फेला परेका छन । एक नागरिकता रौतेली बिचुवाबाट २०५७ साल १०/ १२ गतेका दिन २०३९ साल २/ १० जन्म मिति राखेर ७८८५८८६ नम्बरकाे नागरिकता बनाएकाे छ ।
यस्तै अर्काे नागरिकता २०४२/२/२२ गते जन्म मिति राखेर २०६१/ ३/२९ गते महेन्द्रनगर ठेगाना भएकाे ५७८००६५४ नम्बरकाे नागरिकता बनाई प्रयाेग  गरेकाे देखिन्छ ।

पहिलाे नागरिकता बारेमा बिवाह गरि ल्याएकि श्रिमतिलाई जानकारी भएपछि चन्दले दाेस्राे नागरिकता बनाएर भगाएर ल्याएकि श्रिमति बाटका बच्चाकाे जन्मदर्ता गर्न प्रयाेग गरेकाे चन्दिकि श्रीमती धनमति चन्दले बताएकी छन । श्रीमती चन्दले आफ्नाे छाेराकाे जन्मदर्ता समेत नबनाउन हक मार्न श्रिमानले  बैतडिमा अर्काे नागरिकता प्रयाेग गरि जग्गा राखेकाे लगायतका बिषयहरु बताएकी छन ।

यहि विषयमा जिल्ला प्रशासन कार्यालयाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी संग साेद्धा वहाँले २ वटा नागरिकताको विषयमा छानविन भएर प्रहरी कार्यालयमा अनुसन्धानका लागि पत्र पठाएको बताएका छन् ।
धनमतीले आफनो विवाह दर्ता गरौ भन्दा पनि नबनाउने, १ वर्षपछि छोरा जन्मेको र उसको जन्मदर्ता गराँउ भन्दा पनि नमान्ने नगराउने गरेको उनले बताईन् ।
उनले बहुविवाहको मुद्धा दर्ता गराएपनि जिल्ला प्रहरी कार्यालयले उनलाई कुनै पनि कार्वाहि नगरी एकैदिनमा रिहा गरेको , कुनै पनि कारवाही नगरेको उनकाे गुनासाे छ । धनमतीले आफुले न्याय पाउनु पर्ने, आफनो छोराको नागरिकता हुनुपर्ने लगायतको माग राखेकी छिन ।

यता धनमतीका श्रिमान शेरबहादुर चन्दसंग सम्पर्क गर्न प्रयास सफल हुन सकेकाे छैन ।


#महिला हिंसा

प्रतिक्रिया