Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २० गते शनिबार

साँस्कृतिक महासँघले गर्याे बेलडाँडिकाे नाम राख्ने मन्दिरकाे सरसफाई ।

साँस्कृतिक महासंघ बेलडाँडीले बेलडाँडिकाे नाम राख्ने सिद्धनाथ मन्दिरकाे सरसफाई गरेकाे छ ।

शनिवार नेपाली काग्रेस निकट साँस्कृतिक महासँघ बेल्डाँडि काे नेत्रित्व मा बेलडाँडि ब्वाईज एकेडेमी , बेलडाँडि ईलाका प्रहरी कार्यलय र स्थानिय उपभोक्ता काे सहकार्य मा बेलडाँडि वार्ड नम्बर १ स्थित सिद्धनाथ  मन्दिर सरसफाई कार्यक्रम गरेकाे छ ।

बेलाडाँडिकाे पुरानाे मानिने यश मन्दिरमा बेलहरुका रुखहरु रहेका र यसैका नामबाट बेलडाँडि नाम रहन गएकाे कतिपय स्थानियकाे भनाई रहेकाे छ । उक्त मन्दिरमा लामाे समयबाट सर सफाई नहुदा फाेहर बढेकाे झारपात बढेकाे अवस्थामा सरसफाइ गरेकाे महासंघका सभापति चेत बहादुर शाहले बताएका छन ।
शाहले सरसफाइ कार्यक्रममा उपस्थिति भई सहयाेग गर्नु हुने सम्पूर्णमा ब्यक्तिगत तर्फबाट र नेपाल साँँस्कृतिक महासँघ बेल्डाँडि काे तर्फबाट हार्दिक कृतज्ञता समेत ब्यक्तगरेका छन ।
                                                                      

प्रतिक्रिया