Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० साउन २२ गते सोमबार

अर्थमन्त्री, पुर्वप्रधानमन्त्री, प्रधानमन्त्री सम्म समस्या जानकारी गराउदा हाेला त बेलाैरिकाे समस्या समाधान ।

बेलौरी उद्योग वाणिज्य संघको टोलीले बेलौरी क्षेत्रका विविध समस्यालाई लिएर एक सातादेखि सिंहदरबारका ढोका घच्घच्याई रहेको छ । आइतबार टोलीले अर्थमन्त्री प्रकाश शरण महतलाई बेलौरी क्षेत्रका समस्या समाधान गरिदिन ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएका छन् ।


यस अघि बन्द बेलौरी भन्सार नाका खोल्ने सन्दर्भमा टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई समेत ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाई सकेका छन् ।

कैलाली कञ्चनपुरको पुरानो सदरमुकामका रुपमा रहेको बेलौरी भन्सार तत्काल सञ्चालन र स्तरोन्तिको माग राख्दै सरोकारवाला मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने कार्य भइरहेको ब्यावसायी धनेश पन्तले जानकारी गराउनु भयो ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले केही दिनमै भन्सारमा लागेको ताला खोल्ने गरी कर्मचारी पठाउने र भन्सार नाका नियमित सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

केही समय अघि बेलौरी पुगेर बन्द भन्सार खोल्ने प्रतिबद्धता जनाएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नाका खोल्ने विषयमा सिंहदरबारमा टोलीलाई सघाइरहेका छन् । नेता लेखकले बन्द भन्सार खोल्ने विषयमा विशेष जोड दिइरहेको जनाइएको छ ।

सान्सद देखि प्रधानमन्त्री सम्मलाई बेलाैरि नगरपालिका, उद्याेग बाणिज्यसंघ लगायत संघ संस्थाले पट्क पट्क ध्यानाकर्षण गराउदा समेत भन्सार नाका स्तराेन्नति सहित खुल्न सकेकाे छैन ।

वि.सं. १९१७ मा कैलाली कञ्चनपुरको मुख्य भन्सारको रूपमा स्थापित बेलौरी भन्सार कार्यालय वि.सं. २०१९ मा बेलौरीबाट सदरमुकाम महेन्द्रनगर सरेपछि ओझेलमा परेको थियो । भने विगत एक वर्षदेखि उक्त भन्सारमा ताला लगाइएको छ ।

प्रतिक्रिया