Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २३ गते मङ्गलबार

सुदुरपश्चिमका प्रमुख ज्याेतिष कुल धरानाहरुले गाैरा बनाउने यस्ताे गरे निर्णय ।

गौरा पर्वको तिथीमितिका बिषयमा भदौ ७ कि २१ गते भन्ने बहस भइरहेका बेला सुदुरिश्चिमका प्रमुख ज्याेतिस घरानाहरुले भदौ २१ गते गौराको उपयुक्त तिथी भएको निष्कर्ष निकालेको छ । 

बैतडि र दार्चुलामा मुख्य बसाेबास रहेका अठाेलाहरुकाे कुल देवता मालिकार्जुन धाम दार्चुलामा साेमबार  मालिकार्जुन बिकास समितिकाे आयाेजनामा भएकाे गाैरा तिथिमिति छललमा बैतडि र दार्चुलाबाट सहभागी ३ दर्जन बढि ज्याेतिषहरुले २१ गते नै गाैरा बनाउने सहमति भैई निर्णय भएकाे छ ।

अठाेला परिवारका घर घरमा पन्चाङ्ग गणना हुने र राष्ट्रिय रुपमा पनि पन्चाङ्ग दर्ता भएका कारण राष्ट्रिय समय अनुसार काठमाडौंकाे समयले अगस्ति उदय २० गते(काठमाडौंमा) हुने भएका कारण ७ गते तय गरेकाे र गाेरा उदगम थलाेकाे समय अनुसार अगस्ति उदय २३-२४ गते हुने भएका कारण २१ गते हुने र मालिकार्जुन धाममा हबि १४ गते मात्र हुने भएका कारण २१ गते मात्र गाेरा उपयुक्त हुने निर्णय भएकाे अठाेला ज्याेतिस पण्डित हरिदत्त जाेशीले बताउनु भयाे ।

यस्तै खटोला अवस्थीहरुको मूल बसोबास रहेको बैतडीको सुर्नया ६ मूलखटालीमा भएको छलफलले भदौ २१ गते नै गौराको उपयुक्त तिथी भएको निष्कर्ष निकालेको ज्योतिष कृष्णानन्द अवस्थीले बताए । 

पुत्रदा एकादशी अर्थात गौरा एकादशी, जनैपूर्णिमाको ब्रत उपासना नगरी दुबधागो धारण गर्ने प्रचलन नरहेकाले भदौ २१ गते नै उपयुक्त तिथी भएको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए । 

गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै पर्ने भएको र यो भूखण्डमा अगस्ती उदय भाद्र कृष्ण अष्टमीपछि मात्रै हुने ज्योतिषीय गणितले देखाएकाले हुनाले भदौ २१ गतेको तिथी उपयुक्त भएको अर्का ज्योतिष गणेशदत्त अवस्थीले बताए । 

विगतका परम्परा, पर्व मनाउने चलन र गणितीय हिसाबले भदौ २१ गते गौरापर्व मनाउन उपयुक्त हुने निष्कर्ष निकालेको समाजले जनाएको छ । खटोला अवस्थी बसोबास गर्ने सबै ठाउँमा भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते अठ्यावाली अर्थात दुर्वाष्टमी ब्रत उपासना गर्न आग्रह गरिएको पूजारी अवस्थीले बताए । 

प्राचिन हस्तलिखित पञ्चांगहरुमा भदौ २३ गते सम्म गौरा मनाएको देखिएकाले यो बर्षको गौरा भदौ २१ गते उपयुक्त रहेको पाटनस्थित महारुद्र मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए ।

भाद्र शुक्ल पक्षमा दुर्वाष्टमी पर्व पर्ने र त्यो भन्दा अघि अगस्तोदय भएमा भाद्र कृष्ण अष्टमीका दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय बचन र लौकिक परम्परा रहेको समेत ज्योतिष अवस्थीले बताए ।  

यस्तै बझाङ्गका तत्कालिन राज घरानाका ज्याेतिस तथा उक्त क्षेत्रका प्रमुख ज्याेतिस रेग्मी जाेशी ज्याेतिस परिवारका पण्डित ज्याेतिस तथा मानसखण्ड पन्चाङ्गका पन्चाङ्गकार लक्ष्मिकान्त जाेशीले सुदुरपश्चिमकाे समय अनुसार अगस्ति ताराकाे उदय पछि नै हुने र बिगत सयाै बर्षकाे ऐतिहासिक तथ्यका आधारमा गाेरा २१ गते नै उपयुक्त हुने बताएका छन ।

अठाेला ज्याेतिस ईन्द्रदेव जाेशीका अनुसार परापुर्व समय तत्कालिन डाेटि राज्यमा अठाेला जाेशि, खटाेला अवस्थि र गङलाे पन्तहरु सिद्ध हस्त ज्याेतिस रहेकाे प्रमाण पाईने गरेकाेमा उक्त ज्याेतिसहरु अठाेला र खटाेला ज्याेतिसहरु सुदुरपश्चिम र गङलाे पन्तहरु हालकाे भारत उत्तराखण्डमा बसाेवार रहेकाे बताउछ

प्रतिक्रिया