Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
धनगढी
२०८० साउन २५ गते बिहिबार

कैलाली बाट ऐमाले नेता पक्राउ ।

बैंकिङ कसुरमा कैलालीको गोदावरी नगरपालिका- १२ बाट ४५ वर्षीय नन्द कामी पक्राउ परेका छन्। खातामा रकम नभएको बैंकको चेक दिएका कामीलाई प्रहरीले पक्राउ गरेको हो।

चुरे गाउँपालिका– ३ स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका– ४ बस्ने बिमलबहादुर साउँदले चेक बाउन्स गराई कारबाही गरिपाउ भनि दिएको उजुरीको आधारमा कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कामीले जमिन खरिद गरी खातामा रकम नभएको ५० लाखको चेक दिएका थिए। जिल्ला अदालतको आदेशमा कामीलाई पक्राउ गरिएको र म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कामी नेकपा एमालेका वडाकमिटी अध्यक्ष हुन्। उनी गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका थिए।

प्रतिक्रिया