Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २६ गते शुक्रबार

महेन्द्रनगरमा भाद्र २१ गते गाैरा मनाउने गाैरादेवी सास्कृतिक सेवा समितिकाे निर्णय ।

महेन्द्रनगरमा भाद्र २१गते गाैरा मनाउने निर्णय गरिएकाे छ ।
कंचनपुरकाे भिमदत्त नगरपालीका १८ स्थित कटानमा रहेकाे गौरादेवी सांस्कृतिक सेवा समिति कटानले आज शुक्रवार भाद्र २१गते गाैरा मनाउने निर्णय गरिएकाे समितिका सचिव मदनराज जाेशीले उल्लेख गरेका छन ।

सचिव जाेशीले लेखेका छन
सुदुरपश्चिमको एकमात्र पुरानो वैधानिक जिल्ला प्रशासन कार्यालयमा २०५६ सालमा दर्ता गौरा मन्दिर गौरादेवी सांस्कृतिक सेवा समिति कटानले आज २०८०/०४/२६ गते गौरा पर्व २०८० को मिति तय गर्न आह्वान गरिएको भेलाले तपसिल बमोजिम गौरा पर्व को आयोजना गर्ने निर्णय सर्वसम्मत गरेकोले सम्पुर्ण गौरा पर्वमा सरिक हुने यस समितिमा आबद्ध सबै लाई सूचित गरिन्छ । आज उप्रान्त गौरा पर्व लाई ज्योतिष ज्यू हरुले विभाजित हुने गरी पात्रो तयार नगर्न हुन सरोकार वाला ज्योतिष ज्यू हरुलाई आग्रह । सुरपश्चिम को महान पर्वलाई बिबादास्पद नबनाई दिन हुन सबै लाई आग्रह साथै भेलामा उपस्थित सम्पुर्ण महानुभावहरु प्रती हार्दिक आभार ।
तपसिल

१_ विरुडा पञ्चमि१८ गते
२_ विरुडा धुने १९ गते
३_अमुक्ताभरण सप्तमी २० गते
४-अठेवाली २१ गते

महेन्द्रनगरमा विभिन्न ठाउँबाट बसाई सराई आएका मानिसहरु एक आपसमा मिलेर गाैरा मनाउने गरेका छन भने कंचनपुरमा विभिन्न ठाउँमा गाैरा मनाएपनि महेन्द्रनगरमा गाैराकै नाममा बनेकाे पहिलाे मन्दिर हाे ।

प्रतिक्रिया