Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
आदित्य जाेशी आदित्य जाेशी
२०८० साउन २८ गते आइतबार

सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्थालाई बोहरा दम्पतीद्वारा सहयोग हस्तान्तरण

कञ्चनपुरको वेदकोट नगरपालिका ०४ बैतडामा रहेको सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्थालाई फर्निचर हस्तान्तरण गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका ०४ कलकत्ता निवासी समाजसेवी तीर्थ राज बोहरा र उनकी श्रीमती जानकी उपाध्याय बोहराले आफ्नी आमाको ४५ औँ पुण्य तिथिको अवसरमा  संस्थालाई सहयोग स्वरुप फर्निचर हस्तान्तरण गरेका हुन्। 

बिहीबार एक कार्यक्रमको आयोजना गरेर बोहरा दम्पतीले संस्थालाई सहयोग स्वरुप फर्निचर हस्तान्तरण गरेको  सुदूरपश्चिम  नमुना  बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन्। बोहरा दम्पतीले संस्थालाई एक लाख रुपैयाँ बराबरको ४ थान सोफा, १ ठुलो टेबल र १ सानो टेबल हस्तान्तरण गरेको संस्थाका चन्दले बताउनुभयो।   बोहरा दम्पतीले आफ्नी आमाको ४५ औँ पुण्य तिथिको अवसरमा  संस्थालाई  सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताएका छन्। समाजसेवी बोहराले भने 'यो संस्था मेरो आफ्नै परिवार जस्तो लाग्छ, यसलाई सहयोग गर्न पाउँदा मन खुसी भएको छ, संस्थामा भएका सदस्यहरू  परिवार जस्तै लाग्छन्। मेरो यो सानो सहयोगले संस्थालाई केही सहयोग गर्नेछ भन्ने अपेक्षा बोकेको छु।' संस्थाका अध्यक्ष चन्दले बोहरा दम्पतीको सहयोगले संस्थालाई महत्वपूर्ण योगदान पुर्याउने  बताएका छन्। उहाँले भन्नुभयो 'बोहरा दम्पतीले गरेको यो सहयोगले संस्थालाई महत्वपूर्ण योगदान पुर्याउने छ।'  साथै संस्थाले बोहरा दम्पतीलाई एक कार्यक्रमको आयोजना गरेर सम्मान समेत गरेको छ। उक्त कार्यक्रममा सुदूरपश्चिम  नमुना  बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नरेन्द्र चन्दको अध्यक्षता रहेको थियो भने संस्थाका सल्लाहकार समिति संयोजक  भीम बहादुर चन्दको प्रमुख आतिथ्य रहेको थियो। 

कार्यक्रममा संस्थाकी प्रबन्धक माधवी चन्द  र संस्थाका उपाध्यक्ष खेमा कुमारी ओझाको विशिष्ट आतिथ्य रहेको थियो। उक्त कार्यक्रमबाट बोहरा दम्पतीलाई आर्थिक भौतिक सहयोग गरेर सहकारी संस्थालाई अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान पत्र प्रदान गरिएको छ। सम्मान  कार्यक्रमलाई सम्बोधन गर्दै  उपाध्यक्ष ओझाले बोहरा दम्पतीलाई सहयोगको लागी आभार व्यक्त गरेकी छन्।  कार्यक्रममा बोल्दै संस्थाकी प्रबन्धक माधवी चन्दले बोहरा दम्पतीले सहकारी संस्थालाई गरेको सहयोगको अतुलनीय भएको बताएकी छन्। उहाँले भन्नुभयो 'बोहरा दम्पतीले आमाको सम्झनमा गरेको यो सहयोग हाम्रो सहकारी संस्थाको लागी अतुलनीय छ, हाम्रो संस्थालाई सहयोग गरेकोमा समाजसेवी सिद्ध राज बोहरा तथा उनकी श्रीमती जानकी उपाध्याय बोहरालाई संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद।'  कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष चन्दले बोहरा दम्पतीलाई धन्यवाद ज्ञापन गरेका छन् साथै अध्यक्ष चन्दले बोहरा दम्पतीले संस्थालाई गरेको उक्त सहयोगको सँधै कदर गर्ने बताएका छन्। उहाँले भन्नुभयो 'हाम्रो यस सहकारी संस्थालाई बोहरा दम्पतीले गरेरको उक्त सहयोगको सँधै कदर गरिनेछ, दुई वर्ष अगाडि सञ्चालनमा आएको हाम्रो यस सहकारीमा हाल १ सय ४७ जना शेयर सदस्य रहेका छन्, हाम्रो उद्देश्य भनेको शेयर सदस्यहरूको इच्छा, चहना अनुरूप काम गर्ने, किसानहरूको आय वृद्धिमा कसरी सहयोग पुर्याउने, कसरी आर्थिक रुपमा किसानलाई सबल बनाउने, समाजमा रहेका दलित, दुखी , अपाङ्ग बालबालिकाको कसरी उद्धार गर्ने भन्ने हो।, बोहरा दम्पतीले गरेको सहयोगले अझ थप दृढ भएर काम गर्न हौसला थपिएको छ। साथै जमिन दाता शिव राज भट्ट  र उहाँकी धर्म पत्नी जानकी देवी भट्टले सहकारी संस्था स्थापनामा महत्त्वपूर्ण योगदान सहकारीको भविष्य लाई अगाडि बढाउनमा दिएको योगदानले थप प्रेरणा मिलेको छ।'    

संस्थाकी व्यवस्थापक जानकी चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाकी लेखा समिति संयोजक यशोदा कु सिंहले स्वागत मन्तव्य राखेकी थिए।   सहकारी संस्थाले छोटो समयमा पनि आफ्नो पहिचान बनाउन सकेको छ । ग्रामीण भेगमा त्यहाँका स्थानीय जनतालाई सहुलियत दरमा कर्जा दिन र पैसा जम्मा गर्न टाढा जानु पर्ने झमेलाबाट यस बहुउद्देश्यीय सहकारी संस्था लि. ले गाउँ मै सुविधा दिन सफल भएको संस्थाकी व्यवस्थापक जानकी चन्दले बताउनु भयो ।  संस्थाले चालू आर्थिक वर्षदेखि दूध संकलन गरेर वजार व्यवस्थापन गर्ने कार्य समेत सुरु गरेको संस्थाका अध्यक्ष चन्दले जानकारी दिएका छन्। 

उहाँले भन्नुभयो 'चालू आर्थिक  वर्षदेखि दूध संकलन गरेर वजार व्यवस्थापन गर्ने कार्य समेत सुरु गरेका छौँ, हामिले दैनिक ५० लि. दूध शेयर सदस्यबाट खरिद गरेर वजारमा लगिरहेका छौँ, तथा हाम्रो संस्थाले शेयर सदस्यहरूलाई लेखा सम्बन्धि तालिम, सहकारी समबन्धि तालिम, कृषि तालिम तथा बाख्रा पालन तालिम समेत सम्पन्न गरिसकेको छ। साथै ९६ जना शेयर सदस्यलाई १-१ वटा बाख्रा समेत वितरण गरेका छौँ।' कार्यक्रममा संस्थामा कर्मचारी तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।


#सहकारि

प्रतिक्रिया