Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० साउन ३२ गते बिहिबार

दोधारा चाँदनीका कुखुरा पालन किसान आन्दोलित : माग कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी

दोधारा चाँदनी नगरपालिका कुखुरा पालक किसान आन्दोलित भएका छन । स्थानीय सरकारले कुखुरा पालक किसान माथि करको भार थोपेको भन्दै उनीहरु आन्दोलित भएका हुन । बिहीबार बिहानै देखि दोधारा चाँदनी कुखुरा पालक समितिको आयोजनामा नगरपालिका मुल गेटमा बिरोध प्रर्दशन गरेका छन् ।

दोधारा चाँदनी कुखुरा पालक समितिका अध्यक्ष तामाङ्ग सिह गुरुङ्गले पालिका सरकारले स्थानीय कुखुरा पालन किसानलाई सहुलिय दिनुको साटो उल्टै कर माथि थुपारेर मार पारेपछि त्यसको बिरोधमा बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । माँग पुरा नहुदा सम्म आन्दोलन जारी राखिने उनले बताए । दोधारा चाँदनीका स्थानीय किसान एवम् अगुवा भरत दत्त भट्टले स्थानीय सरकारल किसानलाई सेवा सुविधा दिनुको साटो कर टाउकोमा थुपारेर मारमा पारेपछि बाध्य भएर किसान आन्दोलित भएको बताए ।

उनले किसानको माँग अनुरुप पालिकाले अघि बढ्नुपर्ने सुझाव दिए । किसानहरुले झण्डै तिन घण्टा नगरपालिका कार्यालयको मुल गेटमा धर्ना दिएका थिए । केही समयको लागी शान्तीपुर्ण भनिएको आन्दोलन तनाव रहेपनि पछि आएर शान्त भएको थियो । स्थानिय सरकारले उत्पादित कुखुरा निर्यातमा प्रति गोटा २रुपैया कर संकलन गर्न थालेपछि स्थानिय किसान आन्दोलित हुदै आएका हुन् । अर्का किसान गोबिन्द भट्टले माँग पुरा नहुदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । बिहीबारै पालिकाले किसान संग कर नलिने सहमती गरेपनि कार्यान्वयन नगरेपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘पालिका संग निर्यात कर नलिने सहमती भएको छ्’ किसान गोबिन्द भट्टले भने । केही दिन अघि मात्रै कुखुरा पालक किसानहरुले तत्काल पशुपक्षी पालक किसानह्रुका लागि विशेषज्ञ पशु चिकित्सक व्यवस्था गर्नु पर्ने, सहुलियत दरमा बिउविजन तथा मलखादको व्यवस्था गरिनु पर्ने, किसानहरुलाई लम्पि स्किन रोगको उपचार व्यवस्था गरिनु पर्ने, पशुपक्षी निकासी कर फिर्ता, किसानहरुलाई सहुलियत दर कृषि ऋणको व्यवस्था, किसानहरुको उत्पादन लाइ स्थानीय सरकारले उचित बजार व्यवस्थापनमा सहकार्य, किसानहरुलाई आधुनिक कृषि औजारमा अनुदान, किसानहरुलाई आवश्यक कृषि व्यवसायिक तालिम को व्यवस्था, कोल्ड स्टोर सञ्चालनमा ल्याउनु पर्ने, छाडा चौपायको व्यवस्थापन लगाएत दश सुत्रिय माँग राख्दै दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया