Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ ०१ गते शुक्रबार

सुदुरपश्चिमकाे माैलिक पर्व ओल्के त्यार आज मनाईदै ।

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । ओल्के (त्यार) पर्व सुदुरपश्चिमकाे मौलिक पर्व हो । आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप ‘ओल्के’ अर्थात् उपहार दिने चलन छ । उपहारमा हरियो सागपात तथा फलफूल अनिवार्य दिइन्छ ।

वर्षायामका वैशाखदेखि साउनसम्मको समयमा रोगव्याधि तथा महामारी फैलिने जोखिम रहन्छ । यही समयमा विभिन्न प्राकृतिक विपत्ति आउनसक्ने समय मानिन्छ । यस्तो संकटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख संक्रान्तिमा विशु मनाउने र बाँचेको खुशीयालीमा भदौ संक्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको बताइन्छ ।

ओल्के पर्वमा तरकारी कर्कलो, चिचिन्डा, भिन्डी, भान्टा लगायत आदानप्रदान गरिन्छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ । पर्वका अवसरमा आज शुक्रवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया