Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ ०२ गते शनिबार

महेन्द्रनगर पुरानाे बसपार्क नजिक ग्यासबाट आगलागी, हाम फालेर जाेगाए ज्यान ।
फायल फाेटाे

जिल्लाकाे सदरमुकाम महेन्द्रनगरकाे पुरानो बसपार्कमा ग्यास हुदा आगलागि भएकाे छ । शनिबार (आज) विहान भिमदत्त नगरपालिका-४ पुरानाे बसपार्क स्थित खोका छाप्रा उद्धार समिति रहेको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ, भने घर भित्र रहेका बालक र मानिसले ज्यान जाेगाउन सफल भएका छन् ।

 बिहान करिब ८ बजे तिरकाे समयमा मःमः का लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुदाँ आगो लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले बताउनु भयाे ।

उनका प्ररम्भिक रूपमा बुझ्दा ग्यास लिक भएर आगो लागेकाे भन्ने छ, टाेलि घटजा स्थलमा गएकाे थप विवरण आउन बाकि रहेकाे बताए ।  घर भित्र रहेका सामान जलेर नष्ट भएकाे र मानविय क्षति भने नभएकाे प्रहरी निरिक्षक चन्दले बताए ।

साे घरमा जोशी मःमः सेन्टरका सञ्चालक बर्ष ३४ का बझाङ घरभएका गणेशराज जोशी डेरामा बस्दै आएका थिए । जोशी र जोशीका भाइको परिवार सहित सात जना बस्दै आएका थिए । जसमा तिन बालबालिका पनि रहका थिए ।

आगलागी हुँदा नगद २ लाख सहित कोठामा रहेका लुगा,कपडा लगायत सम्पूर्ण समानको नष्ट भएका छन् ।

आगलागी हुँदा ८ वर्षीय बालिका बेबिना जोशी र तिन वर्षीय हिमांशु जोशी घर भित्र रहेका थिए । उनीहरूमै आगो लागि रहेको अवस्थामा हामफालेर ज्यान जोगाउन सफल भएका थिए ।

उक्त घरमा डेरामा बस्दै आएका केशव जोशी सहित सात जना रहेका छन् । घटनाको समयमा जोशीको छोरी भित्र भए पनि स्थानीयले उनलाई बचाउन सफल भएका थिए । नेपाल प्रहरी, शस्त्र प्रहरी, दमकल र स्थिानियको सहयोगमा आगो निभाउन सफल भएका थिए ।

प्रतिक्रिया