Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ १४ गते बिहिबार

शिवशिखर सहकारिका नाईके शर्मा जेल चलान ।

शिव शिखर सहकारीको संगठित ठगीका नाइके केदारनाथ शर्मा कारागार चलान भएका छन्। बुधवार जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो। जसमा उनी थुनामा गएको र पक्राउ परेका अन्य तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको हो।
उनीसँगै पक्राउ परेकी कीर्तिपुर शाखाका प्रमुख रसना शाक्यसँग १० लाख तथा लेखा समितिको सदस्य रहेका रमेश खाइजू र शिवप्रसाद पौड्यालसँग सात–सात लाख धरौटी रकम माग भएको छ । उनीहरूमध्ये रसना धरौटी बुझाएर छुटेकी छिन् भने अन्य दुई जेल चलान भएका छन्। उनीहरुलाई अन्य जिल्लामा पनि मुद्दा चलाउने प्रहरी तयारी छ।

प्रतिक्रिया