Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ १५ गते शुक्रबार

शैक्षिक सामाग्री विरतण गरि माओवादी युवा नेताले मनाए जन्मदिन

नेपाल कम्युनिष्ट पार्टी माओवाद केन्द्रका युवा नेता दिपक राज भट्टले शुक्रबार आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा स्कुले बालबाललिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरि आफ्नो जन्मदिन मनाएका छन् ।
शुक्लाफाँटा नगरपालिकाको श्री कृष्ण माध्यमीक विद्यालय सिमलफाँटाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । कक्षा एक देखी कक्षा पाँच सम्म अध्ययनरत विपन्न विद्यार्थीहरुलाई कापि, पेन्सल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरि जन्मदिन मनाएको विद्यालयका पुर्व विद्यालय ब्यावस्थापन समिति सदस्य दान सिह कुवरले जानकारी दिनुभयो । सामाजिक क्षेत्रका विभिन्न क्रियाकलापहरुमा अग्रसर रहने युवा नेता भट्ट नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटि सचिवहुन ।
अनेरास्ववियुको जिल्ला अध्यक्ष समेत रहेका नेता दिपक भट्टले आफ्ना साना–साना खुसीहरु समाजका कमजोरी र विकासका लागि खर्च गर्ने बानीको विसकालागि आफुले हरेक बर्ष यस्ता क्रियाकलापहरु गर्दै आएको बताए ।

प्रतिक्रिया