Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ १६ गते शनिबार

कंचनपुरमा तस्करकाे गति भएन कम, शसस्त्र र प्रहरिले समाते करिव चार लाखकाे तस्करिकाे सामान

कञ्चनपुरका विभिन्न स्थानबाट करिव चार लाख सम्मका भन्सार छलीगरी ल्याएका सामान बरामद गरिएको छ।

शसस्त्र प्रहरिले शनिवार लालझाडि गाउँपालिका वडा  १काे जंगलमा  बि.ओ.पि.दोधाबाट खटिगएको सशस्त्र प्रहरी निरिक्षक जगन्नाथ जोशीको ०७ जनाको मोबाईल गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल भित्र्याएकाे बेवारिसे अबस्थामा रहेको अन्दाजी १,९५,००० मुल्य बराबरको
संगम बिडि ४७५ प्याकेट र से. ७ प. ६०८९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकल बरामद गरेर भन्सार पठाएकाे छ ।

यस्तै जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकी स्थित विद्युत कार्यालय अगाडीबाट अबैध भन्सार छलीका अन्दाजी ८० हजार ९ सय ४० मूल्य बराबरको कपडा, साडीफल, सुर्ती, पोलिथिन, अचार मसला लगायतका सामान प्रहरीले बरामद गरेको छ।

यस्तै भिमदत्त नगरपालिका–६ बनगाँउबाट अन्दाजी ९२ हजार मूल्य बराबरको चिनी, नरिवल, तरकारी लगायतका सामान र बेलौरी नगरपालिका–१ फटैयाबाट अन्दाजी २९ हजार ९० रुपैया मूल्य बराबरको सुर्ती, दुध पाउडर, मैदा, बिडी लगायतका सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले फेलापारी बरामद गरेको जनाएको छ।  

यसरी सुरक्षा निकायले दैनिक रुपमा भन्सार छलिका सामान पक्रिदा समेत तस्करहरुले भन्सार छल्न छाेडेका छैनन ।
  

प्रतिक्रिया