Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ १७ गते आइतबार

कृर्षि कारखाना चलाउन आबिस्कार केन्द्रलाई सहयाेग अभियान सुरु ।

सामाजिक संजालमा सक्रिय नेपालीहरुले वीरगन्ज कृर्षि कारखाना बनाउन महाविर पुन नेतृत्वकाे राष्ट्रिय आबिस्कार केन्द्रलाई सहयाेग जुटाउन अभियान थालेका छन ।
आफुले खाने एक पट्ककाे चुराेट, चिया वा अरु खाजा खाजा बराबरकाे रकम केन्द्रलाई सहयाेग गर्न थालेका छन । यस्काे लागि आबिस्कार केन्द्रकाे बैङ्क खाताकाे क्यु आर काेड शेयर गरिएका छन ।

बीसौँ वर्षदेखि खण्डहर बनेको वीरगंज कृषि औजार कारखानालाई पुनर्जीवित गरेर कृषि औजार बनाएर निर्यात सम्म गरेर देशलाई स्वावलम्बी बनाउन महाबिर पुन नेतृत्वको आविष्कार केन्द्रले जिम्मा लिएर धेरै सुधार गरिसकेपछि अब एउटा नयॉ ५०० केभिएको बिजुली ट्रान्सफर्मरको कमीले सुचारू गर्न सकिएको छैन।

सरकारले मर्मतका लागि दिने भनेको रकम ऋणमा लैजाने भए लैजाउ भनेको र मर्मतका लागि पुनले सरकारसंग ऋण लिनु नैतिकताले दिदैन त्यसैले ऋण लिन्न भनेर सरकारलाई जवाफ दिएका छन्।

ट्रान्सफर्मर खरिदका लागि आवश्यक रकम जुटाउन उहाले नेपाल सरकालले दिएका बाहेक सबै पदक लिलामीमा पनि राखिसकेका छन्। पदकहरू किनेर वा रू २५ लाखमा किनाउन प्रयास गरेर पनि सहयोग गर्न सकिने पुनले बताएका छन ।

त्यति पैसाले बीरगंजको कृषि औजार कारखानामा ५०० केभिए को बिजुलीको एउटा ट्रान्सफर्मर यही दशैँ अगाडी नै राख्नु पर्ने र यही तिहारपछि त्यहाँ केही औजारहरु उत्पादन सुरु गर्ने योजना आबिस्कार केन्द्रकाे रहेछ । अहिलेसम्म कारखानाको करिब ८० प्रतिशत जति पुराना मशिनहरु मर्मत भैसकेका छन्। बाँकी मशिनहरु मर्मत हुन नसकेकाे पुनले बताएका छन ।

देशलाई आत्मनिर्भर बनाउने सरकारमा आत्मबल नै छैन। महावीर पुनहरू जस्ताले त गुरू जसरी बाटो मात्र देखाइदिने हो, देशका जिम्मा लिन सक्ने कुरा भएन।
उहालाई हाम्रो राष्ट्रको गौरव कृषि औजार कारखाना निर्माणको सानो अभियानमा हामीले हौसला दिनु र सहयोग गर्नु कर्तब्य बन्छ। सरकार नीरिह छ भनेर हामी जनताले हात बॉधेर बस्नु लज्जास्पद हुन्छ।
तसर्थ, म देश बिदेशमा रहेका समस्त नेपाल दाजुभाइ दिदी बहिनीलाई ट्रान्सफर्मर किन्नका लागि यो अभियानमा हातमा हात मिलाउन अपील गर्दछु भनेर सामाजिक संजालमा शेयर र सहयाेग सुरु हुन थालेकाे छ ।
कूल लागत रू २५ लाख+ रू ५ लाख जडान एवं एक्सेसरीज गरी रू ३० लाख लागत लाग्ने बताएको छ ।


#वीरगन्ज कृर्षि औजार कारखाना

प्रतिक्रिया