Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ १८ गते सोमबार

बिसरति मेला तिलाचाैरमा भब्य रुपमा मनाईने, यस्ताे छ तयारि र मान्यता भिडियाे सहित ।

गत विगका बर्षहरु जस्तै यस बर्षपनि कञ्चनपुरको उत्तरी गाउँ तिलाचौरमा बिसरती मेला संचालन हुने भएको छ । भीमदत्त नगरपालिका–८ तिलाचौरमा २० भदाैँ बुधबारका दिन बिसरती मेला संचालन हुने भएको हो ।
भीमदत्त नगरपालिका १० जिमुवामा रहेको दुर्गादेवी मन्दिर संरक्षण समितिको आयोजनामा बिसरती मेला २०८० हुने मेलाको तयारी तिव्र भईरहेको जनाएको छ । बिसरती मेला मुल आयोजक समिति तथा मन्दिर समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मेलाको तयार अन्तिम चरणमा पुगेको जनाएको छ ।

परापुर्वकादेखि सुदूरपश्चिमेली (बझाङ्गी) समुदायले मनाउँदै आएको बिसरती पर्व यस बर्षपनि धुमधामका साथ मनाईने जनाएको छ । पहाडी क्षेत्रमा मनाउदै आएको पर्व तराई कञ्चनपुरको तिलाचौरमा समेत मेला ५१ बर्ष अघि बाट मनाउदै आएका छन ।

बिसरती मेला मुल आयोजक समितिका संयोजक नारायण मिश्रले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए । संयोजक मिश्रका अनुसार धर्म संस्कृति संरक्षण, प्रर्बद्धनका लागि यस बर्ष समेत मेलाआयोजना गरिएकोछ । जिमुवाको दुर्गादेवी मन्दिरको प्राङगाणबाट जात तिलाचौर त्रिभुवन माविको प्राङगणमा पुगेर मेलामा परिणत हुनेछ । 

 दुर्गादेवि मन्दिर निर्माण तथा संरक्षण समिति मेला मुल आयोजक समितिका संयोजक मदन मिश्रले मेलाको तयारी तिव्र भईरहेको बताए । उनका अनुसार त्रिभुवन माविको प्राङ्गणमा मेला आयोजना गरिएको छ । संयोजक मिश्रले फिल्ड, मञ्च, स्टल, पार्किङ्ग, देउडा, सुरक्षा लगायत सबै व्यवस्थापन भईरहेको बताए । मेला परिसर क्षेत्र र सडक क्षेत्रमा सरसफाई भईरहेको बताए । संयोजक मिश्रले मेलामा रातभरी देउडा खेलिने बताए । देउडा खेलाडीका लागि पानीदेखि भोजनको समेत प्रबन्ध गरिएको छ । संयोजक मिश्रले दर्शनार्थीका लागि पार्किङ्ग व्यवस्थित गरिने बताए । उनले ट्राफिक व्यवस्थापन गर्दै दुर्घटना रोक्नका लागि समेत पार्किङ्ग महत्वपूर्ण रहेको बताए ।

बिसरतीका जानकार लाल बहादुर थापाले दुर्गा र सुर्मादेविले राक्षस महेषासुर संगको लडाईमा जित हासिल गरेको खुसियालीमा मनाईदै आएको पर्वलाई निरन्तरता दिदै आएको बताए । उनका अनुसार व्रतालु महिला र पुरुषले खडयात्री गरेर बिसरती मनाउँछन । १८ भदौँमा जाग्राम, १९ मा व्रत बस्ने र २० गते मन्दिरबाट तिलाचौरको फिल्डमा ल्याएर बिर्सजन गरिन्छ । उनका अनुसार हरेक बर्ष १६ माघ, १६ फागुन, २० जेठ र २० भदौँमा राक्षसीसंगको विजेताको अवसरमा खुसीयाली बनाईन्छ ।

स्थानीय समाजसेवी गोरख पुजाराले मेलामा शान्ति सुरक्षा प्रबन्धका लागि युवा जगत धामीको संयोजकत्वमा युवा स्वयमसेवक परिचालन गरिएको बताए । ‘समान्य विवाद स्वयमसेवकले नै समाधान गर्नेछन, ‘उनले भने, ‘जटिल समस्या आए नेपाल प्रहरीबाटै परिचालन गछौँ ।’ मेला संरक्षण एव भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले मेला धार्मिक पर्यटकिय विकासका रुपमा परिणत गरिने बताए । उनले वडाबाट शान्ति सुरक्षा, भोजन, खानेपानी, लाईटिङ्गदेखि विभिन्न आवश्यक पुरै सहयोग गरिने बताए । ‘मेला स्थानदेखि नजिकै भम्केनी धाम पनि छ, ‘उनले भने, ‘मेलामा आएका दर्शनार्थी भम्केनी पनि जानेछन ।’ अध्यक्ष मिश्रले हरेक बर्ष भदौँ २० गते मनाईने पर्वलाई सभ्य, भव्य र कञ्चनपुरकै धार्मिक मेलाका रुपमा विकास गर्नका लागि सबै समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगमा अपिल गरेका छन । मेला परिसर भित्र धुम्रपान तथा मध्यपान निषेध गरिएको छ । अध्यक्ष मिश्रले धर्म,संस्कृति कला एव परम्परा संरक्षणका लागि समेत सरोकारवालाले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोडदिए । हरेक बर्ष उल्लासपुर्ण वातावरणमा मनाईने पर्व यस बर्षसमेत मनाईने र सुदूरको कला संस्कृति धर्म सरक्षणका लागि सरोकारावालाले भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिए ।

प्रतिक्रिया