Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० भदौ २२ गते शुक्रबार

बडिमालिका मन्दिरका पुजारि बिरुद्ध जातिय विभेदकाे मुद्दा दर्ता, पुजा थाली फालेकाे आराेप

बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरमा पूजा गर्न गएका दलित समुदायमाथि पुजारीले जातीय विभेद गरेको आरोप लागेको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पूजामा सहभागी हुन गएका दलित समुदायका युवतीको हातको पूजा सामग्रीसहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालिदिएको पीडित युवती संगीता विकले बताइन्।

पुजारीले बडिमालिका नगरपालिका–९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विकसहितको टोलीमाथि विभेद गरेको पीडित युवतीहरूले बताए। ‘तिमीहरूले आफ्नो जात थाहा पाउनुपर्ने हो। यहाँँ आउनै नहुने हो, किन आएको ?, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरू केही नभनी फर्किएको दुखेसो उनीहरूको छ।

उक्त विभेद विरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले पीडित पक्षले निवेदन दिएको र पूजारीलाई बोलाइसकिएको बताए। 

प्रतिक्रिया