Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दाेधारा चादनी
२०८० भदौ २५ गते सोमबार

गाँउमा आत्महत्या न्यूनीकरण गर्न प्रहरी अभियान

दोधारा चाँदनी नगरपालिकामा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले गाँउ, बस्तीमा न्यूनीकरण अभियान चलाउदै आएका छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुले समेत आत्महत्या न्यूनीकरणको अभियान संचालन गर्दै आएका छन् । यसै क्रममा आज सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका– ४ शारदा सरस्वती माबिका बिद्यार्थीहरुलाई आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी दोधारा चाँदनीले जनाएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रसनि शंकर दत्त जोशीको कमाण्डमा रहेको प्रहरी टोलीले आत्महत्या न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न गरिएको छ् । ईलाका प्रहरी कार्यालयले बिगतका दिनहरु देखि ग्रामीणस्तरमा आत्महत्या न्यूनीकरण लगाएत साईवर क्राईम, लागुऔषध न्युनिकरण अभियान संचालन गर्दै आएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रसनि शंकर दत्त जोशीले समय अनुकुल सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको बताएका छन् । ‘स्थानीयलाई टोल–टोलमा जम्मा गरी आत्महत्या न्यूनीकरण लगाएत साईवर क्राईम, लागुऔषध न्युनिकरण लागि सचेत पार्न कार्यक्रम चलाईरहेका छौं ।’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रसनि शंकर दत्त जोशीले भने । आर्थिक, सामाजिक र पारिवारिक कारणले व्यक्तिले आत्महत्या गर्ने भएकाले समुदायका व्यक्तिलाई त्यस बारेमा सचेत पार्न अभियान चलाईएको प्रहरीले जनाएको छ् । एक तथ्यांक अनुसार आत्महत्या, लागुऔषध, साईवर क्राईम घटना वृद्धि हुदै गर्दा प्रहरीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा न्युनिकरण अभियानहरु संचालन गर्दै आएको हो । आत्महत्या न्यूनीकरणका लागि जनस्तरमा प्रहरी तथा विभिन्न संघ–संस्थाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । आज शारदा माबिमा गरिएको आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम डिप्रेसन, चिन्ता र भय आत्महत्याको प्रमुख कारक बताईएको छ् ।

प्रतिक्रिया