Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० भदौ २५ गते सोमबार

लालझाडि -५ ले आरन ब्यावसायलाई आनुकिकरण गर्दै, वडाले दियाे आधुनिक औजार ।

लालझाडी गाउँपालीका वडा ५ ले वडाका आरन ब्यावसायीलाई आधुनिक बनाउन औजार बितरण गरेकाे छ ।

वडाले लामाे समयबाट आरन ब्यावसाय गरेका तर आधुनिक औजार अभावमा काम गर्न असहज भई ब्यावसायमा समस्या भएपछि वडाले सात जना आरन ब्यनवसायी लाई औजार बितरण गरेका हुन ।

आरन ब्यावसायीलाई वडाले ग्रेण्डर, कटर, रेति, प्वाल पार्ने मेसिन, घन लगायत ८-९ किसिमका औजार बितरण गरेकाे वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन ।

आधुनिक औजार प्राप्त गरेपछि टीका लुहारले खुसि ब्यक्त गर्दै भने वडाले सहयाेग गरेकाे छ । यस्ले आफ्नाे काम छिटाे र सजिलाे गरि गर्न सकिने छ, आर्थिक अभावमा ब्यावसाय समस्या परेका बेला याे औजार प्राप्त भएकाे छ सहज रुपले काम गर्न सकिने हुनाले खुसि लागेकाे छ ।

वडा अध्यक्ष थापाले भने वडामा समस्या रहेका आरन ब्यावसायी लाई समय अनुसार परिवर्तन गरि ब्यावसाय सुधार गरि आर्थिक रुपमन सवल र सफल बनाउन औजार बितरण गरिएकाे बताएका छन 

प्रतिक्रिया