Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
दाेधारा चादनी
२०८० भदौ २८ गते बिहिबार

सामाजिक सदभाव र भातृत्वको लागी दोधारा चाँदनीमा रामलिला नाट्य श्रंखला संचालन हुने

दोधारा चाँदनी नगरपालिकामा भगवान श्रीरामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला संचालन हुने भएको छ् । दोधारा चाँदलनी नगरपालिका– ७ बाबाथानमा यस वर्ष पनि भगवान श्रीरामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला संचालन हुने भएको आदर्श रामलिला समितिका सदस्य मिन्टी बिष्टले बताएका छन् । लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा आदर्श रामलिला समितिले यस वर्ष रामलिला नाट्य श्रंखला संचालन गर्न छलफल गरिएको छ् । हिजो बसेको एक बैठकले बिगतका दिनहरुमा बाबाथान बजारको लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने छलफल गरेको हो । भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास समेत गरिएको छ् । बर्तमान युवाहरुमा बढदै गइरहेको विकृति र भगवान रामले गरेका त्याग सिक्नु पर्ने र सिकाउने उद्देश्यले रामलिला नाट्य श्रंखला संचालन गर्न लागिएको बताईएको छ् ।

प्रतिक्रिया