Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०७८ कार्तिक २९ गते सोमबार

मालिकार्जुन जात्राकाे लागि २ दिन बिदा


कात्तिक ३०  कार्तिक शुक्ल त्रियाेदशीमा श्री शैल्य शिखर र कार्ति क शुल्क चतुर्दशि मा राष्टकाे साताै धाम मालिकार्ज ुन धाममा जात्रा लाग्ने छ । १ गते चतुर्दशीका दिन भब्य जात्रा लाग्ने बताइएको छ । मंसिर १ गते वैदिक विधिविधान बमोजिम मालिकार्जुन जात्रा आयोजना हुने मालिकार्जुन धार्मीक बिकास समितिले जनाएको छ ।

कात्तिक महिना शुरु भएसंगै दार्चुलासहित सुदूरपश्चिमका बैतडी, डडेल्धुरा लगायत जिल्लामा जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन, भिटाकेदार मन्दिरमा नवमीका दिन र मेलौली भगवती, भवानी, उग्रतारालगायत मन्दिरमा पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा पनि कार्तिक शुक्ल पक्षमै मेला (जात्रा) लाग्ने गर्दछ । परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको छ । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो ।

यो समयमा लाग्ने जात्रामा टाढा–टाढाका श्रद्धालुसमेत आउने गरेको स्थानीयहरु बताउछन् । भाइटीकाका दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँका मन्दिरमा लाग्ने भएकाले जात्राको ऐतिहासिक एवं धार्मिक महत्व बढ्नाका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुनाका साथै कार्तिक शुक्ल पक्षमा पनि धेरै जात्रा तथा मेला हुने गरेको छ । विभिन्न मन्दिरमा रात्रि जात्रा सुरु भएसँगै चहलपहल पनि बढेको छ ।

यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकासमेत गाउँमा फर्किएकाले यहाँको चहलपहल बढेको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रामा दर्शनका लागि टाढा रहेका पनि आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गर्दछ, गाउँबाट बसाइँ सरेका पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ ।

प्रतिक्रिया