Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० असोज २० गते शनिबार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ। हिजो (शुक्रबार) राति १० बजेको समयमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जिल्लाको दोधाराचादनी नगरपालिका-६ मा दुर्घटना भएको हो। प्रहरीले म १ प २४६८ नम्बरको मोटरसाइकल र से २ प १४५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बताएको छ।

सो दुर्घटनामा परेर सोही ठाँउ बस्ने २५ वर्षीय चालक गोपाल सुनारको घटनास्थलमै मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्।

ती अर्का मोटरसाइकलका चालकको अहिले भारतमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया