Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० कार्तिक ०१ गते बुधबार

बझाङ्ग लाेक संस्कृति संरक्षण मञ्च कञ्चनपुरकाे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

खडक ब. काेलि-  बझाङ्ग लाेक संस्कृति संरक्षण मञ्च कञ्चनपुरले नेपालीहरूको महान चाँड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा बुधबार कार्यक्रम सम्पन्न गरेको हाे। लोक संस्कृति  संरक्षण  मञ्च कञ्चनपुरका अध्यक्ष  माेहन बाेहराकाे  सभापतित्वमा संचालन भएको कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय  कञ्चनपुर का दुर्गादत्त बोहरा रहेका थिए ।
हाम्रो परम्परा हाम्रो सन्स्कृति हाम्रो सुदूरपश्चिम हाम्रो सुन्दर प्रकृति भन्ने मूल नाराका साथ कार्यक्रम  गरिएकाे मन्चका अध्यक्ष मोहन बोहराले बताएका छन् । यसैगरी मञ्चका बरिस्ठ सल्लाहकार, महाकाली प्रादेशिक अस्पतालका पूर्वअध्यक्ष  महेन्द्रनगर माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जाेशि (बाेक्सर) ले  संस्कृति, लाेक  संस्कृति, पहिचान र जगेर्नाको लागि बझाङ लोकसंस्कृति मञ्चको स्थापना भएको र समाजमा मन्चले रचनात्मक  काम गदै आएकाे बताएका छन्  ।

कार्यक्रममा बझाङका बुद्धिजीवी समाजसेवी शिक्षक अधिवक्ता , राजनितिक दल लगायतकाे उपस्थिति  रहेकाे थियाे। निवृत्त इन्जिनियर गोरखबहादुर सिह, ब्रह्मदेव ज्यावनसमाजका गोपालसिंह धामि,  समाजसेवी सुरेन्द्र ब. सिह, हर्कबहादुर धामि , बझाङ्गका सदस्य देब राज वडु , सल्लाहकार हरि सिह रावल , भगवती थापा  धर्म सिह कुँवर  , बिर्ख बहादुर मल्ल,नि. सह न्यायधिवक्ता प्रकाश भण्डारी , पूर्व सुरक्षा परिषद नेपालका गोरखबहादुर पुजारा भि. न. पा. उपमेयर शुसिला  सिह चन्द लगायतकाे उपस्थिति  रहेकाे थियाे भने कार्यक्रमको संचालन मञ्चका सचिव हेमन्त ब. सिहले गरेका थिए।

प्रतिक्रिया