Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० कार्तिक ०४ गते शनिबार

सिटिजन लाईफ इन्साेरेन्सले नेत्रहिन संघलाई सेताेछडी सहयाेग ।

सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीले कञ्चनपुर नेत्र हीन संघलाई सेतो छडि उपलव्ध गराएको छ । 


शुक्रवार कम्पनीका एरिया म्यानेजर गंगाराम जोशी र सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीका महेन्द्रनगर शाखा प्रमुख धनेश्वरी भट्टले कञ्चनपुर नेत्र हीन संघलाई रु एक लाख पचास हजार वरावरको सेतो छडि वितरण गरेको हो । शुक्रवार कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष प्रेम वोहरा तथा कार्य समितीका सदस्यहरुलाई उक्त सेतो छडि हस्तान्तरण गर्नु भएको हो ।  


चाडपर्वको अवशरमा कञ्चनपुर जिल्ला भित्र रहेका नेत्रहीन व्यक्ती हरुलाई जिवन यापन र आवतजावतमा केहि सहज होस भनेर सानो सहयोग गरिएको सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीका एरिया म्यानेजर गंगाराम जोशीले वताउनु भयो । साथै उहाले आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया