Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० कार्तिक १२ गते आइतबार

बारा दुर्घटनामा कंचनपुर  भिमदत्त घर भएका प्रहरिकाे मृत्यु

बारामा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मुत्यु भएको छ। शनिवार बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो। उनी इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत रहेका थिए। 

निजगढ नगरपालिका–८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको हो। 

टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको नेपाल प्रहरीले बताएको छ।

प्रतिक्रिया