Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
२०७८ कार्तिक २९ गते सोमबार

महेन्द्रनगर २९ कार्तिक ।

नेपालको सबै भन्दा पुरानो बैक नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले अनाथ बालबालिका र मुक्त कमलरीलाई सहयोग गरेको छ । महेन्द्रनगर शाखाले बैंकको ८५ औँ स्थापना दिवसको पुर्वसन्धामा सहयोग गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत स्थापना दिवसको अवसर पारेर अनाथालय र मुक्त कमलरीलाई सहयोग गरेको बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले बताए ।


उनका अनुसार महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यन्न र शैक्षीक सामाग्री सहयोग गरिएको हो । बैंकले दाल, मसला, तेल र अन्य शैक्षीक सामाग्री सहयोग गरेको जनाएको छ ।
त्यस्तै भीमदत्त नगरपालिका–१३ बाँसखेडा ऐरीस्थित पुर्णा माध्यमिक विद्यालयमा रहेको छात्रावासका मुक्त कमलारीलाई पनि बैंकले लुगा सहयोग गरेको छ । शाखा प्रमुख जोशीका अनुसार छात्रावासमा बस्दैँ आएको १७ वटा मुक्त कमलारीलाई न्यानो सुईटर वितरण गरिको हो ।


कार्यक्रममा नेपाल बैकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जनक सुवेदीको विषेश उपस्थिति रहेको थियो । उनले बैंकले स्थापना दिवसको पुर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए । उनले असाहय र एकल बालबालिकालाई राहत हुने गरि सहयोग गरिएको बताए । साथै उनले अगामी दिनमा पनि बैककोतर्फबाट हुने सहयोगका लागि प्र्रतिवद्धता समेत जनाए ।


बैकका महेन्द्रनगर शाखा प्रमुख जोशीले आफुहरुको सानो सहयोग अरु दातालाई पनि उत्प्रेरित गराउने सहयोग महत्वपुण हुने बताए । पुर्णा माविका प्रअ धनी दत्त पन्तले सहयोगका लागि बैकलाई धन्यवाद दिए । त्यस्तै विद्यालयका शिक्षक भैरवदत्त भट्टले चिसो सुरु हुन लागेको समयमा बैकले वितरण गरको सुईटर निकै उपयोगी हुने बताए ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका उप प्राध्यापक शंकरदत्त भट्ट लगायत शिक्षक, बैंकका कर्मचारीको सहभागीता रहेको थियो । नेपाल बैंकले मंगलबार आफ्नो ८५ स्थापना दिवस मनाउदै छ ।

प्रतिक्रिया