Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० कार्तिक १८ गते शनिबार

अनमाेलकाे बीउ भण्डारण केन्द्र उद्घाटन, साधारण सभामा काेदालाे बितरण ।

अनमाेल सहकारिकाे नवाैँ साधारण सभा सम्पन्न भएकाे  ।  लालझाडी गाउपालीका वडा- ३ डुङ्गा मा रहेको अनमोल  कृषि सहकारी संस्था लिमिटेड तथा सामुदायिक बिउ बैक  को नवाैँ  बार्षिक साधारण सभाको उध्घाटन पालीका अध्यक्ष निर्मल रानाले गर्नुभएकाे छ ।

शनिवार साधारण सभा र उद्धाटन समाराेहमा वडा अध्यक्ष टिकाराम डगाैरा, संस्थाका अध्यक्ष आसाराम चाैधरी लगायत भद्रभलादमी र आम उपभोक्ता हरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा प्रतेक सेयर सदस्य लाई सल र बीउ उत्पादन गर्ने कृषकलाई  १ जोडी कोदालो सहकारी संस्थाले बितरण गरेको छ

१९२ शेयर सदस्य रहेको सहकारी
बीउ उत्पादन गर्ने अनमाेल सहकारि
संस्थाले सामुदायिक बीउ उत्पादन गर्दै बजारमा बिक्रि बितरण गर्दै आएको छ ।

आजै सहकारिकाे बीउ भन्डारण केन्द्र भबनको पनि पालिका अध्यक्ष रानाले रिवन काटेर उद्घाटन गर्नु भएकाे हाे ।

कञ्चनपुरमै कृषि सहकारी संस्थाले  सामुदायिक रुपमा बीउ उत्पादन गर्दै आएको छ । अनमोल कृषि सहकारी कंचनपुरमा बीउ उत्पादन गर्ने सम्भवत पहिलो सहकारि हो ।

प्रतिक्रिया