Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० कार्तिक २१ गते मङ्गलबार

ठेकेदारले दलकाे समेत ठेकदारि लिएपछि ठेक्का पारे अलपत्र, जनता समस्यामा सरकार र ठुला दल मुख दर्शक ।

ठेकेदारले राजनितिक दलकाे ठेकदारि लिएपछि ठेक्का अलपत्र पारेका छन । कंचनपुर जिल्लाकाे बिभिन्न ठाउँमा थुप्रै ठेक्का लिएकाे निर्माण कम्पनि राजेन्द्र निर्माण सेवाले यसरी ठेक्का अलपत्र पारेकाे हाे ।

राजेन्द्र निर्माण सेवाका संचालक भिम बहादुर सावँद २०७४ काे चुनावमा डडेलधुरा स्थित पर्शुराम नगरपालिकाकाे मेयर भएका थिए भने हाल डडेलधुरा काग्रेस सभापतिकाे जिम्मेवारी सम्हालि रहेका छन तर उनले यी पदहरु सम्हाल्नु पुर्वबाट निर्माणकाे जिम्मा लिएका अस्पताल,पुल, सडक लगायतका काम अलपत्र पारेर जनताकाे ज्यान जाेखिममा राखेका छन ।

उक्त निर्माण कम्पनिले २०७२ सालबाट लालझाडि गाउँलिका ५ काे दाेदा नदि पुल अलपत्र पारेकाे छ । उक्त पुलमा १२ कराेड रकम लिईसक्दा समेत काम शून्य बराबर गरेकाे छ भने पटक पटक म्याद थप गर्दै आएका छन  । यस्तै मुसेपानी खाेलाकाे पुल अलपत्र छ ।
०७३ साल फागुनमा  कम्पनि र हुलाकी राजमार्ग आयोजनाविच कंचनपुरकाे दक्षिणि क्षेत्रकाे हुलाकि सडक ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।

यस्तै बेदकोट नगरपालिका ३ दैजीस्थित १५ शै्ययाको नगर अस्पताल निर्माण कार्य पनि अलपत्र पारेकाे छ ।
२०७८ बैशाख २२ गते दुई वर्षमा निर्माण कार्य पूरा गर्ने गरी ९ करोड ७४ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सम्झौता अवधिको दुई वर्षमा अस्पतालको अधुरो पर्खाल मात्र निर्माण गरेको छ ।
स्थानियले अस्पताल निर्माण नभएपछि संघर्ष समिति नै बनाएका छन । याे समितिले आन्दाेलन गर्ने भएपछि नगरपालिका प्रमुख भाेजराज बाेहराले कार्तिक १८ गते आन्दाेलन छठ तिहार सम्म नगर्न तबसम्म ठेकेदारले काम नगरे आन्दाेलनमा  जाने सहमति भएकाे आन्दाेलन गर्न तयार गरिएकाे संघर्ष समितिका संयाेजक खगेन्द्र नाथले बताएका छन ।

  यसरि  राजनितिक पद ओगट्ने र पहुचकाे दुरुपयाेग गरि ठेक्का अलपत्र पार्ने गरेकाे कारण जनताकाे ज्यान जाेखिममा रहेकाे उपभाेक्ता जनताकाे भनाई छ। बेदकाेटमा अस्पताल नबन्दा उपचार समयमा पाउन नसकेर ज्यान जाेखिममा छ भने, लालझाडिमा नदि तरेर समयमा अस्पताल नपुग्दा वा नदि तर्दा ज्यान जाेखिममा छ । यस्तै पुर्नवास, बेलैरि र बेलडाडीका जनताले सडककाे धुलाे खानुकाे बाध्यताले स्वास्थ्य समस्या भैई ज्यान जाेखिममा रहेकाे बेलाैरिका हरिश पन्त बतउछन ।

यसरी दैनिक रुपमा जनताकाे ज्यान जाेखिममा राख्ने निर्माण कार्य अलपत्र पार्ने ठेकेदार र तिनकाे निर्माण कम्पनि लाई ठुला भनिएका दलले किन कार्वाहिकाे पहल गर्दैनन के तिनले पनि ठेक्का बाट कमिसन लिन्छन भनेर बेलडाडीका महाबिर चाैधरि प्रश्न गर्छन ।

जनताकाे खबरिदारि निरन्तर छ

हुलाकि सडक निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टिले भाेलिबाट सडक हिडेर आन्दोलन गर्ने भएकाे छ । यता वेदकाेटमा अस्पताल निर्माण गर्न खगेन्द्र नाथकाे संयाेजकत्वमा संघर्ष समिति बनेकाे छ। लालझाडिमा दाेदा पुल निर्माण स्थलमा दैनिक साझ र बिहान अम्मर धामि, वडा अध्यक्ष पहल बहादुर थापा र स्थानिय सहित अनुगमनमा उत्रिएपछि फिल्मा मेसिन राखेकाे छ तर काम शुन्यकाे अवस्था छ ।
यसरी निर्माण अलपत्र पार्ने काम कहिले सम्म गर्ने भनेर निर्माण कम्पनिका सिईयाे ईन्जिनियर राेषन भट्ट संग पटक पटककाे माेवाईल सम्पर्क प्रयास गर्दा कहिले मिटिङ्गमा बिजि छु भन्ने त कहिले फाेन नै नउठाउने भएर कम्पनि जवाफ प्राप्त गर्ने प्रयास असफल भएकाे छ ।

निर्माण ठेक्का दिने कार्यालयहरु काम गराउन प्रयत्न गरेकाे बताईरहेका छन तर प्रभावकारि देखिएकाे छैन 

प्रतिक्रिया