Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० कार्तिक २५ गते शनिबार

सेती नदिमा सिग्नेचर पुलकाे मन्त्री ज्वालाले गरे शिलान्यास समयमै काम सक्न निर्देशन

सेती नदीमाथिको चार लेन सिग्नेचर ब्रिजको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार शिलान्यास गरेका हुन्।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण हुने उक्त पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ रहेको छ । पोखरा मुग्लिन सडक स्तरोन्नति अन्तर्गत यो पुल निर्माण हुन लागेको हो ।

१ सय ९० मिटर लामो पुल २०८२ भदौ मसान्तभित्र काम सक्नेगरी काम थालिएको छ। रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । अहिले भइरहेको चाइना पुलको दायाँबायाँ १९०÷१९० मिटरका एक–एक वटा पुल निर्माण हुनेछ ।

शिलान्यापछि मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरूलाई समयमै काम सक्ने गरी सक्रियता बढाउन निर्देशन दिएका छन्।

‘यो वा त्यो बहानामा काममा ढिलाइ गर्न पाइँदैन, समयमै काम सक्नेगरी सबै पक्षले सक्रियता देखाउनुहोस्’, मन्त्री ज्वालाले भने। निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पूरै सहयोग रहने उनले विश्वास पनि दिलाए । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनले विश्वास समेत व्यक्त गरे । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताए । सेती नदी माथि मितेरी पुल समेत निर्माण गर्ने उन प्रतिबद्धता पनि जनाए ।
पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उनले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिए । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको बताएका छन । 


#सिग्नेचर पुल

प्रतिक्रिया