Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० कार्तिक २६ गते आइतबार

डाेटिमा बाेलेराे सडक बाट तल खस्याे, सवार २ जना घाईते ।
फायल फाेटाे

डोटीको के आई सिंह गाउँपालिका वडा नम्बर २ बुहार गाउँमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बोगटान फुडसिल गाउँपालिका बाट दिपायल तर्फ जादै गरेको सु.प. प्र.०३००१ ०००५ नम्बरको बोलेरो जिप आइतबार दिउसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जनाएका छन् ।

दुर्घटनामा परि गाडी चालक के आई सिंह गाउँपालिका वडा नम्बर ६ भाटगाउँका वर्ष ३० का टेक बहादुर भाट र गाडीमा सवार बोगटान फुड्सल गाउँपालिका वडा नम्बर २ कानाचौरका १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भई राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको दुवैको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ । गाडीमा दुई जना मात्र सवार रहेको बुझिएको छ ।

गाडी सडक बाट ५०, ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाकाे कारण खुल्न बाकि रहेकाे छ ।


#डाेटिमा जिप दुर्घटना

प्रतिक्रिया