Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० कार्तिक ३० गते बिहिबार

नाैगाड गाउँपालिका अध्यक्ष सवार जिप दुर्घटना, २ जना घाईते ।

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ ।

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा बिहिबार आज दिउँसो दुर्घटनामा परेको हाे ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । 


#नाैगाड पालिका अध्यक्ष सवार जिप दुर्घटना

प्रतिक्रिया