Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८० मङि्सर ०१ गते शुक्रबार

नाैगाड दुर्घटना घाईतेकाे अवस्था खतरा मुक्त, उपचार हुँदै ।
दुर्घटना ग्रस्त जिप

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना हुदा अध्यक्ष र चालक जयभान सिह ठगुन्ना घाईते भएका हुन ।

दुर्घटना पछि राति सम्म धनगढि स्थित मायामेट्राे अस्पताल पुगेर उपचार सुरु भएकाे हाे । चेकजाँच पछि अध्यक्षकाे भित्रि शरिरमा चाेट नदेखिएकाे र बाहिर हात, खुट्ट, पिठ्यु, आँखा लगायतमा रहेकाे चाेट उपचार गर्न केही दिन अस्पतालमै रहनुपर्ने अस्पतालले बताएको  पारिवारिक श्राेतले जानकारी दिएकाे छ ।

यस्तै चालककाे टाउकाे लगायत ठाउँमा चाेट लागेकाे टाउकाको सिटि स्क्यान गरि चेकजाँच पछि अवस्था खतरामुक्त रहेकाे उपचार भैरहेकाे बताईएकाे छ ।

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा बिहिबार दिउँसो दुर्घटनामा परेको हाे ।


#नाैगाड दुर्घटना

प्रतिक्रिया