Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बैतडी
२०८० मङि्सर ०२ गते शनिबार

बैतडिमा जिप दुर्घटना, एककाे मृत्यु पाँच घाईते
फायल तस्बिर

दोगडाकेदारमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने, ५ जना घाइते भएकाछन् ।
बैतडी जिल्लाकाे  दोगडाकेदार गाउँपालिका वडा न. ८ कालागाउँका ३५ बर्षिय अमरसिंह बिष्टकाे मृत्यु भएकाे छ ।

दोगडाकेदार–८ कटौजपानीबाट सिल्लेगाडा तर्फ गईरहेको से १ ज ६०३ नम्बरको जीप घोडेधारको उकालोमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ५ जना मध्ये २जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा कालागाउँकै ३०बर्षिय कलावती बिष्ट र ४५ बर्षिय हिरा बिष्ट रहेकाछन् ।

यसैगरी सामान्य घाइते हुनेमा ४ बर्षिय रियाग बिष्ट, ७ बर्षिय सुशिला बिष्ट र ६० बर्षिय पदम बिष्ट रहेकाछन् ।

घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । ग्रामिण कच्ची सडकका कारण उकालोमा चड्न नसकेर जीप दुर्घटना भएको उनले बताए ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरिले बताएको  छ ।


#जिप दुर्घटना

प्रतिक्रिया